अनेसास न्यूयोर्कले यसरी मनायो अन्तर्राष्ट्रिय महिला दिवस

इनेप्लिज २०८० चैत १४ गते २२:३० मा प्रकाशित

अनेसास न्यूयोर्क शाखाले यसरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा गत मार्च २४, २०२४ आईतबारको दिन न्यूयोर्क ज्याक्सन हाईट्स भान्छाघरको सभाकक्षमा च्याप्टरको अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । स्मरण रहोस, हरेक बर्ष मार्च ८ का दिन अन्तररास्ट्रीय महिला दिवस बिश्वभरि मनाइन्छ ।

उक्त अबसरमा शुभकामना आदन-प्रदान, रचना वाचन साथै अग्रजहरुबाट महिला दिवसको सेरोफेरोमा मन्तब्य ब्यक्त साथै फागु पूर्णिमाको पूनित अबसरमा अ ने सा स न्यूयोर्क च्याप्ट कार्यसमितिको सदस्य शारदा क्षेत्रीको हातबाट अबिरको टिका पनि ग्रहण गर्दै महिला दिवस २०२४ कार्यक्रम धुमधामका साथ सम्पन्न भयो।

उक्त कार्यक्रममा च्याप्टरको अध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठले सभापतिको आसन ग्रहण गर्नु भएको थियो भने साहित्यकार कुन्ती थापाले कार्यक्रमको प्रमूख अतिथ्यता ग्रहण गर्नुको साथै केन्द्रिय सदस्य साहित्यकार शकुन ज्ञवाली ज्युले बिशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो।

कार्यक्रममा च्याप्टरका महासचिब साहित्यकार नदिया लिबांगले सम्पूर्ण अतिथिहरुलाई आशन ग्रहण गराउनु भएको थियो भने च्याप्टरका कोषाध्यक्ष गायिका सृजना लामाज्युले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य ब्यक्त गर्नु गर्नुभएको थियो।

यसैगरी कार्यक्रममा च्याप्टरका कोषाध्यक्ष गायिका सृजना लामा र सदस्य राधिका श्रेष्ठले कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो।

उक्त कार्यक्रममा प्रमूख अतिथि र बिशेष अतिथि हरुले पानसमा दियो प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमलाई अघि बढाउनु भएको थियो।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्ट्रीका ट्रष्टीज ज्योती राई, साहित्यकार आनन्द श्रेष्ठ,एन आर एन का महिला उपाध्यक्ष लक्ष्मी थापा, सामाजिक अभियन्ता एबं पत्रकार चमेली परियार, चित्रकार, खेलाडी एबं कवि हृदय तुलाधर, गायक एबं संगितकार अभय ढुंगेल, नेपालका राष्ट्रिय खेलाडी एबं गायिका हजुरी शाह कंडेल, साहित्यकार पुष्कर शुभेच्छुक, नेवाः नखः का महासचिब साहित्यकार तुलसी चित्रकार, अनेसासका निबर्तमान अध्यक्ष साहित्यकार राजन महर्जन, सामाजिक अभियन्ता सिता खरेल, तारा किसन फाउण्डेसनका संस्थापक साहित्यकार किसन सिंह धामी , च्याप्टरका पूर्ब अध्यक्ष साहित्यकारहरु ज्योती पौडेल, पूनम काफ्ले, अनेसास बोर्ड अफ ट्रष्ट्रीका निबर्तमान अध्यक्ष साहित्यकार गिता खत्री, उप बाणिज्यदुत संगिता न्यौपाने, पत्रकार पूनम पाण्डे, अनेसास बोर्ड अफ ट्रष्ट्रीका सदस्य एवं साहित्यकार रश्मि भट्ट, सामाजिक अभियन्ता खाम भट्ट साथै केन्द्रीय सदस्य साथै पूर्ब अध्यक्ष साहित्यकार शकुन ज्ञवाली र प्रमुख अतिथि साहित्यकार कुन्ती थापाले शुभकामना साथै आफ्नो मन्तब्य एबं आ-आफ्नो मिठा रचनाहरु वाचन गर्नुभएको थियो।

अनेसास न्यूयोर्क च्याप्टरका महासचिब नदिया लिबांग ले समयको राम्रो ब्यवस्थापन गर्दै बडो रमाईलो बाताबरणमा उक्त कार्यक्रमको सन्चालन गर्नुभएको थियो।

अन्त्यमा सभाका अध्यक्ष लक्ष्मीज्युले उपस्थित सम्पूर्ण अतिथि ज्युहरुलाई धन्यबाद आभार साथै आफ्नो मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया