भर्जिनियामा एक व्यवसायी तथा बिधार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ

इनेप्लिज २०८० चैत १३ गते ०:५७ मा प्रकाशित

भर्जिनियाको फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार निर्मम रूपमा एक व्यवसायी महिला तथा एक महिला बिधार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

गत साता २ जना महिलामाथि ‘निर्लज्ज’ हमला गरेपछि यौन दुर्व्यवहारको संदिग्ध हिरासतमा रहेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ ।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार संदिग्धले गत बुधवार धेरै घण्टासम्म एक व्यवसाय मालिकलाई बन्धक बनाएर निर्मम रूपमा यौन दुर्व्यवहार गरेका थिए । संदिग्धले फेरि त्यसको एक दिन पछि महाबिद्यालय (कलेज) का एक विद्यार्थीलाई आक्रमण गरेका थिए ।

भर्जिनिया एनानडेलका २४ वर्षीय केभिन लोपेज अल्तानलाई बलात्कार, बलात्कार प्रयास, अपहरण र घाँटी थिचेको सहित १२ वटा हिंसात्मक अपराधको आरोप लगाईएको छ ।

उनले एक ५९ वर्षीया महिला व्यवसाय संचालिका र २० वर्षीया महिला विद्यार्थीलाई यौन दुर्व्यवहार गरेका थिए । “उनी एक दुष्ट व्यक्तित्व हुन्,” फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले सोमबार एक पत्रकार सम्मेलनमा भने।

फेयरफ्याक्स प्रहरीका अनुसार गत बुधबार बिहान करिब ११ बजे एनानडेलमा रहेको आफ्नो व्यवसायमा जबरजस्ती प्रवेश गरेपछि ५९ वर्षीया महिलामाथि आक्रमण गरेको आरोप लोपेज अल्तानमाथि लागेको छ।

लोपेज अल्तानले ढोका ढकढक्याए र बारम्बार भित्र पस्ने प्रयास गरे र त्यसपछि जबरजस्ती भित्र पसेको प्रहरीले बताए । ती महिलालाई आफ्नै व्यवसायमा ८ घण्टासम्म बन्दी बनाएर राखिएको थियो। संदिग्धले पीडितलाई बारम्बार यौन दुर्ब्यबहार गरेको र उसले जे गर्न भनेको त्यही गरेन भने मार्ने धम्की दिएका थिए ।

अन्ततः,उनि भाग्न सफल भै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले आक्रमणमा पर्ने महिला र व्यवसायको बारेमा विवरण दिएको छैन । उनि निकै आघात भएकी छिन् र त्रसित छिन् ,तर एक धेरै साहसी महिला हुन् । तर उनी आक्रमणको शिकार भइन् जुन कसैले पनि त्यस्तो हुन् नपरोस् ,प्रहरी प्रमुखले भने।

प्रतिक्रिया