भर्जिनियाको वुडब्रिजमा हराएकी महिला फोहोर बोक्ने गाडीमा मृत फेला, परिचित व्यक्तिमाथि हत्याको आरोप

इनेप्लिज २०८० चैत १२ गते ०:२२ मा प्रकाशित

भर्जिनियाको वुडब्रिजबाट हराएकी एक महिला गत शुक्रबार फोहोर बोक्ने मालबाहक (ट्रक)भित्र मृत अवस्थामा फेला परेकी छिन् ।

प्रिन्स विलियम काउन्टी प्रहरीले दिएको जानकारी अनुसार प्रहरीहरुलाई गत बिहीबार वुडब्रिजको स्टीभेन्सन मार्गकोको एक घरमा हराएका व्यक्तिको खोजी गर्न बोलाइएको थियो ।

जब उनका परिवारका सदस्यहरूले ३० वर्षीया तात्याना जाकियाह कुकले आफ्नो बच्चालाई बाल हेरचाह गृह (डेकेयर)बाट लिन जान असफल पछि खबर प्राप्त गरे पछि प्रहरीहरु त्यहा पुगेका थिए ।

उनीहरूको अनुसन्धानको क्रममा कुकको गाडी भर्जिनियाको न्यूपोर्ट न्यूज सिटी(शहर)मा चिनेकाले चलाएको थाहा पाए। पृथकरुपमा प्रहरीले पीडितको वुडब्रिज निवासको क्षेत्रमा फोहोर बोक्ने मालबाहक (ट्रक)लाई रोके पछि कुकको शव उक्त मालबाहक (ट्रक)भित्रै फेला पारेका थिए ।

कुकको मृत्युमा परिचित व्यक्तिको संलग्नता रहेको पत्ता लागेको प्रमाण भएको प्रहरीले जनाएको छ ।

जासूसहरूले वुडब्रिजका २८ वर्षीय ब्रेन्डन डेभोन ह्वाइटलाई पक्राउ पूर्जी जारी गरेका थिए । उनलाई न्युपोर्ट न्यूज शहरका प्रहरीले पत्ता लगाएर पक्राउ गरेको छ । उनीमाथि हत्याको आरोप लगाइएको डब्लुजेएलएले जनाएको छ ।

प्रतिक्रिया