रुसमा आतंकबादी हमला हुनु अघि रुसलाई सूचना दिएको सवालमा रुसी राजदुतद्वारा अमेरिकाले ठोस जानकारी नदिएको दावी

इनेप्लिज २०८० चैत ११ गते १२:३७ मा प्रकाशित

रुसमा आतंकबादी हमला हुनु अघि रुसलाई अमेरिकाले जानकारी दिएको सवालमा रुसी राजदुतले अमेरिकाले ठोस जानकारी नदिएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले रुसमा आक्रमण गर्नु अघि अमेरिकाले कुनै ठोस जानकारी नदिएको दाबी गरेका छन् ।

“केही पनि दिईएन ,” राजदूत एन्टोनोभले रुसी सरकारी समाचार सँस्था टासलाई भने । आतंकवादी हमला अघि अमेरिकी पक्षले कुनै जानकारी नदिएको प्रश्नको जवाफ टासलाई दिए ।

उनले अगाडी भने , “कुनै ठोस जानकारी थिएन , हामीलाई केही हस्तान्तरण गरिएको थिएन ।”

अमेरिकी विदेश विभागका एक अधिकारीले गत शनिबार अमेरिकी सरकारले आफ्नो लामो समय देखिको “चेतावनी दिने कर्तव्य” नीति अनुसार रूसी अधिकारीहरूसँग सम्भावित आक्रमणको जानकारी साझा गरेको सन्दर्भमा राजदुत एन्टोनोभले टासलाई जवाफ दिएका हुन् ।

एन्टोनोभले वाशिङ्टनका अधिकारीहरूले आक्रमण गर्नु अघि कति जानकारी दिएका थिए भन्ने स्पष्ट नभएको उनले बताए।

प्रतिक्रिया