नाइजेरियामा लगभग ३०० जना अपहरण गरिएका बिद्यालयका बालबालिकाहरू २ हप्ता भन्दा बढी समय पछि रिहा

इनेप्लिज २०८० चैत ११ गते ११:०७ मा प्रकाशित

उत्तरपश्चिमी नाइजेरियामा लगभग ३०० जना अपहरणमा परेका गरिएका बिद्यालयका बालबालिकाहरू २ हप्ता भन्दा बढी कैद पछि रिहा भएका छन्।

नाइजेरियाका अधिकारीहरूका अनुसार उत्तरपश्चिमी राज्य कादुनामा नियन्त्रणमा लिएका झण्डै तीन सय विद्यालयका बालबालिकालाई दुई साताभन्दा बढी समयपछि रिहा गरिएको छ ।

बोर्नो राज्यको चिबोक गाउँबाट बोको हराम आतंककारीहरूले सयौं विद्यालयका बिद्यार्थीहरूलाई २०१४ देखि अपहरण गरेपछि नाइजेरियाका बिद्यालय हरूबाट कम्तिमा १,४०० विद्यार्थीहरू अपहरण गरिएका छन्।

हालैका वर्षहरूमा उत्तरपश्चिमी र मध्य क्षेत्रहरूमा अपहरणहरू केन्द्रित भएका छन्, जहाँ दर्जनौं सशस्त्र समूहहरूले प्राय: फिरौतीको लागि गाउँले र यात्रुहरूलाई लक्षित गर्ने गरेको एबिसीन्यूजले जनाएको छ ।

उत्तरी सोकोटो राज्यमा कम्तीमा १७ अन्य विद्यालयका बालबालिकालाई पनि बन्धक बनाएको दुई हप्तापछि उद्धार गरिएको सोकोटो राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कडुना विद्यार्थीहरूको जस्तै उद्धार कार्य नाइजेरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयले समन्वय गरेको जनाएको छ ।

कादुना राज्यका गभर्नर उबा सानीले मार्च ७ मा दुर्गम शहर कुरिगाको उनीहरूको विद्यालयबाट अपहरण गरिएका २८७ जना विद्यार्थीहरूको रिहाइको बारेमा पूर्ण विवरण नदिएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ । तिनीहरूमध्ये कम्तीमा १०० जना मध्ये १२ बर्ष या कम उमेरका छन्।

एक विज्ञप्तिमा, उनले नाइजेरियाका राष्ट्रपति बोला टिनुबुलाई “विशेष गरी अपहरणमा परेका बिद्यालय बच्चाहरूलाई कुनै हानी बिना रिहा गरिएको सुनिश्चित गरेकोमा धन्यवाद दिए।”

टिनुबुले फिरौतीको रूपमा “एक पैसा नतिरिकन” बच्चाहरूलाई उद्धार गर्ने वाचा गरेका थिए। तर फिरौती सामान्यतया अपहरणका लागि भुक्तान गरिन्छ, प्रायः परिवारहरूले व्यवस्थित गर्छन् ।

कादुना अपहरणको लागि कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया