डिसीमा नेपालको बिकाशमा प्रवासीहरुको भूमिका सम्बन्धी अन्तरक्रियामा आइआईडिएस कार्यकारी निर्देशक डा गौचनको बिशेष प्रस्तुति

इनेप्लिज २०८० चैत ११ गते १:२१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपालको बिकाशमा प्रवासीहरुको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आइआईडिएस कार्यकारी निर्देशक डा विश्वास गौचन(विद्यावारिधि)को बिशेष प्रस्तुति सहित कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

डा गौचनको अमेरिका भ्रमणमा रहेको अवसरलाई सदुप्रयोग गर्दै डिसी क्षेत्रमा स्थापित इन्टरनेसनल डेभलपमेन्ट इन्सटिट्युट आईडिआई अर्थात् अन्तर्राष्ट्रिय बिकाश सँस्थाको पहलमा नेपालको बिकाशमा प्रवासीहरुको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

नेपालका प्रसिद्ध विद्वान तथा ख्याती प्राप्त बिशेष व्यक्तित्वहरुद्व्रारा ४० बर्ष अगाडी स्थापना भएको इन्सटिट्युड फर इन्टीग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडिएस )का वर्तमान कार्यकारी निर्देशक डा गौचनले नेपालको बिकाश हुन् नसक्नु राजनैतिक अस्थिरताको कारण मात्र भएको हो भन्ने सोचाई राख्नु र यसैलाई मात्र दोषारोपण गर्न नहुने बताए ।

नेपालको बिकाशको बाधक र आर्थिक उन्नतिको अवरोधहरु बारम्बार सरकार परिवर्तन तथा राजनैतिक अस्थिरता नै कारक तत्व मात्र हो भन्नु जायज नहुने बताए । हामी कसैले पनि यसैलाई मुख्य मुद्धा बनाउन नहुने र आरोप प्रत्यारोपमा समय खेर नफाल्न समय नष्ट हुने जनाए ।

आफ्नो प्रस्तुतिसंगै उनले द्वन्द र अस्थिरमा फसेका बिश्वमा थुप्रै देशहरु रहेको बताए। डा विश्वासले उदाहरणको लागि इजरायलको नाम लिए । इजरायल युद्धमा फसेको छ तर बिकाशको सवालमा कुनै सम्झौता गर्दैन । राम्रोसंग देशलाई अगाडी बढाई रहेको छ ,उनले भने ।

नेपालमा बिगत ३० बर्ष देखि नै राजनैतिक अस्थिरताबाट हामी पीडित भएका छौ । यसले ठूलो आर्थिक क्षति पुर्याएको छ । बिश्व परिवेशमा नेपालको बिकाश र आर्थिक स्थिति झन् झन् खस्किदो छ ,उनले जोड दिदै भने ।

नेपालमा अस्थिर सरकारको कारण हाम्रा बिकाश अन्य देशको तुलनागर्दा निकै पछाडी परेको छ । देश १० बर्षे जनयुद्ध , कोभिड महामारी लगायतको कारण नेपालको बिकाश र आर्थिक क्षेत्रमा नेपाल निकै थला परेको उनले तथ्यांक प्रस्तुत गरे । नेपालमा बिप्रेषण (रेमिटेन्स)ले आर्थिक पक्षमा ठूलो भूमिका खेली रहेको र देशको आर्थिक बिकाश र देशको समग्र बिकाशको सवालमा हामी थुप्रै स्थानमा हामो ध्यान पुग्न नसकेको र हामी झन् झन् ओरालो लागि रहेको उनले बताए ।

तर नेपालबाट पनि विप्रेषण भारत गै रहेको कुरा औल्याए ।

उनले अगाडी भने हामी आर्थिक अवस्था र बिकाशमा दुई देश चीन र भारत भन्दा निकै पछाडी रहेको भन्दै हामीहरुले दुई देशसंग तुलना गर्ने नहुने बताए ।

नेपाल सरकार तथा हामीले नेपालमा कृषि, पर्यटन जलबिद्युतलाई उच्च प्राथमिकता दिने गरेकोले अब यसको बिकल्पमा अन्य क्षेत्रमा पनि हात हाल्नु पर्ने अपरिहार्य भएको छ । उनले आफ्नो प्रस्तुतिमा अन्य क्षेत्रमा काम गर्ने योजना बनाएमा नेपालको बिकाश हुने सम्भावना रहेको उनले भने ।

अहिले नेपालमा सूचना प्रविधि(आईटि)मा बिकाश गर्नु अपरिहार्य भै सकेको भन्दै यस क्षेत्रमा बिकाश गरेमा कहिले बाधा अड्चन नआउने बताए । सूचना प्रविधि अर्थात् आईटी हाम्रो छिमेकीसंगको सीमा क्षेत्रसंग जोडिएको हुदैन । यसले कुनै बाधा अड्चन गर्दैन । तसर्थ हामीले यस्ता थुप्रै कुराहरुमा बिकाश गर्न योजना बनाएमा नेपालको बिकाश हुने कुरामा कुनै सन्देह नहुने डा गौचनले बताए ।

साथै उनले बार्षिक रुपमा बृद्धा भत्ता मात्रै ७० अरब खर्च भै रहेको सन्दर्भ ल्याए । उनले कर नतिर्नेहरुलाई पनि बृद्ध भत्ता प्रदान गरि रहेको ध्यानाकर्षण गराए । यो पनि देशको लागि ठूलो आर्थिक भार पर्न गएको उनले बताए । साथै डा गौचनले नेपालका प्रधान मन्त्रिले इन्सटिट्युड फर इन्टीग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडिएस )लाई ३ पटक बोलाएर चासो राख्दै सल्लाह र सुझाब मागेको बताए । उनले विदेशमा यत्रतत्र छरिएर रहेका प्रवासी नेपालीहरुले नेपालको बिकाशमा योगदान पुर्याउन आह्वान गरे। साथै मातृभूमिलाई सदैव माया गर्नु पर्ने भन्दै उन्नति प्रगतिमा साथ र सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा आइडिआइका कार्यकारी निर्देशक सुमन तिम्सिनाले कार्यक्रम संचालन तथा धन्यबाद दिएका थिए भने प्रवन्ध निर्देशक परशु नेपालले कार्यक्रम बारेमा प्रकाश पारेका थिए । प्रमुख वक्ता आइआईडिएस कार्यकारी निर्देशक डा विश्वास गौचन(विद्यावारिधि)को प्रस्तुति पछि दिपक अधिकारीले समीक्षा गरेका थिए ।

त्यस्तै नेपाली दुताबासका उप नियोग प्रमुख कुमार खरेलले पनि डा विश्वासको प्रस्तुतिको बारेमा छोटो टिप्पणी गर्नुको साथै प्रस्तुति निकै सुन्दर लागेको बताए । त्यसै गरि एनआरएनए अमेरिकाका अध्यक्षडा अर्जुन बन्जाडेले पनि छोटो मन्तब्य राखेका थिए ।

साथै प्रस्तुति र समिक्षा पछि त्यहा उपस्थित सहभागीले जिज्ञाशा राख्नुको साथै सल्लाह सुझाव दिएका थिए । कार्यक्रममा एएनएका अध्यक्ष खगेन्द्र अधिकारी,एएनएसका अध्यक्ष सुजित अर्याल ,डा देशराज संयोक,गोपाल रेग्मी लगायतले जिज्ञाशा राखेका थिए । डा गौचनले सबैको प्रश्नको जवाफ दिएका थिए ।

प्रतिक्रिया