भर्जिनियामा मिलन लामाले लोक सङ्गीत साँझ कार्यक्रममा प्रस्तुति दिने

इनेप्लिज २०८० चैत १० गते १५:२९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्समा मिलन लामाले लोक सङ्गीत साँझ कार्यक्रममा प्रस्तुति दिने भएका छन् ।

भर्जिनिया राज्यको फेयर फ्याक्स स्थित नेपालीले संचालन गरेको तन्दुरी नाइट नामक चमेनागृहमा आगामी अप्रिल ६,२०२४ का दिन लोक सङ्गीत साँझ नामक कार्यक्रम राखिएको छ ।

साथै मिलन लामाको साथमा सुमित्रा लामा तथा गोमा गुरुङले समेत साथ दिने भएको कार्यक्रमको समन्वय गरि रहेका सम्राट अधिकारीले ईनेप्लिजलाई बताए ।

उक्त कार्यक्रममा प्रवेश शुल्क केवल २० डलर राखिएको छ भने कार्यक्रमको ढोका (द्वार )६ बजे खोलिनेछ । कार्यकम भाइ बिङ्ग मंक इन्टरटेन्टमेन्टले आयोजना गर्दैछ भने बिस्तृत जानकारी लिन तथा प्रायोजकको लागि निम्न सम्पर्क संख्या (कन्टयाक नम्बर ) ५७१ २१३ ८९१४ ,९१० ९६० ७३९५ या ५७१ ५२४ ४९५१ मा सम्पर्क गर्न सकिने छ ।

गायक मिलन लामाका चर्चित गीतहरु झल्को लाली ओठको ,घरमा पराल ,माछी खोलीमा लगायत रहेका छन् ।

प्रतिक्रिया