अमेरिकी विदेश सचिव ब्लिन्केनद्वारा हमासलाई दोहाबाट निकास निकाल्न कतारलाई आग्रह

इनेप्लिज २०८० चैत ९ गते १०:५६ मा प्रकाशित

अमेरिकी अधिकारीहरूका अनुसार विदेश सचिव एन्टोनीले हमासलाई दोहाबाट युद्गबिराम सम्बन्धी निकास निकाल्न दबाब दिन कतारलाई आग्रह गरेको सिएनएनले जनाएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यस महिनाको सुरुमा कतारलाई कडा सन्देश दिएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ । हमासलाई बन्धक र युद्धविराम सम्झौता गर्न आग्रह गरेका थिए ।

हमास र इजरायलबीचको वार्ता ठप्प भएको बेला अमेरिकाको दबाब आएको हो । कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच भएको अप्रत्यक्ष वार्ता यस हप्तामा दोहामा पहिलो पटक भएको थियो र शुक्रबार पुनः सुरु हुने भएको छ।

यो सन्देश ब्लिन्केनले कतारका प्रधानमन्त्री र विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई मार्च ५ मा वाशिंगटनमा भएको भेटमा पठाएका थिए ।

अमेरिकी अधिकारीहरूले युद्धविराम सम्झौतामा पुग्ने प्रयासमा अमेरिकाको महत्वपूर्ण साझेदार भएको कतारले सन्देश बुझेको बताएका छन् ।

कतारी अधिकारीहरूले विशेष बैठकमा कुनै टिप्पणी नगरेको तर उनीहरूले हमासलाई ठूलो दबाब दिइरहेको बताए।

प्रतिक्रिया