अत्यन्तै चर्चामा रहेको महाजात्रा चलचित्र भर्जिनियाका बिभिन्न शहरहरुमा प्रदर्शन हुने

इनेप्लिज २०८० चैत ८ गते १०:१६ मा प्रकाशित

अत्यन्तै चर्चामा रहेको महाजात्रा चलचित्र भर्जिनियाका बिभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ । महाजात्रा नेपालसँगै विश्वका विभिन्न देशबाट एकसाथ प्रदर्शन हुने भएकोले अमेरिकाको भर्जिनियाका ५ वटा शहरमा प्रदर्शन हुने छन् ।

 चलचित्र मार्च २३ का दिन फेयरओक्समा प्रदर्शन हुने छ । त्यस्तै गरि मार्च २४ का दिन फेयरफ्याक्स ,मार्च ३० का दिन स्टरलिङ्ग। मार्च ३१ मा मनासस तथा अप्रिल १४ मा विनचेस्टरमा प्रदर्शन हुनेछ । चलचित्रको टिकट दर केवल १८ डलर राखिएको छ भने अग्रिम खरिद गर्दा ३ डलर छुटको व्यवस्था गरिएको छ ।

३ई इन्टरटेन्टमेन्टको प्रस्तुति उक्त चलचित्र बिभिन्न संघ/सस्थाहरुको सहयोगमा बिभिन्न शहरहरुमा प्रदर्शन गरिने छ । ३ई इन्टरटेन्टमेन्टले मेरिल्याण्ड राज्यको एनईसिसी जर्मनटाउन ,एएनएचएस मनासस ,नेपाली समाज विन्चेस्टर तथा मोडेल नेपाली सोसाइटि हर्नडनसँग मिलेर काम गर्नेछ ।

 षट्कोण आर्टसले निर्माण गरेको जात्रा शृंखलाको तेस्रो संस्करण महाजात्राको नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार लिएको एमएसएम इन्टरटेन्मेन्ट्स्ले लिएको छ ।

जात्राका दुवै शृंखलाले दर्शकको मन जितेकाले नेपालबाहिर पनि एकसाथ प्रदर्शन गर्न लागिएको हो । लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ।

 आगामी चैत ९ शुक्रबार गते प्रदर्शन हुने चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानिया“, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

 म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलद्वारा निर्मित चलचित्रमा जितबहादुर रुवाली सहायक निर्देशक, आशिष अविरल संगीतकार, कविराज गहतराज नृत्य निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक र पुरुषोत्तम प्रधान छायांकार रहेका छन्।

 चलचित्रको टिकट खरिद गर्न यहाँ थिच्नु होस्

प्रतिक्रिया