कलकारितामा मदनको मोह

इनेप्लिज २०८० चैत ७ गते २३:४२ मा प्रकाशित

जन्म २०५८ जेठ १० जुम्लाको साविक देपालगाउँ गा.बि.स., हाल गुठिचौर गाउपालिका ५ मा पर्छ। आमा पदमसिला नेपाली र बुबा पदम लाल नेपालीको जेठो सन्तानको रुपमा उनको जन्म भयो।

बाल्यकाल सुन्दर भूमि जुम्लामा बित्यो। सानैदेखि सबैको माया पाएका, मध्यम वर्गी घरनामा जम्मीयर पनि सु सम्पन महसुस् गर्छन्। सबैपरिवार संगैहुन्थे त्यसैले उनी सबथोक पाएको महसुस् गर्छन्।

उनको बिद्यालय मा एक छुट्टै एक पहिचान बनाउन सफल भएका थिए। कथा, कविता लेख्नका पारखी। मायालु स्वभावको, सबैसंग सहजै घुलमेल हुन सक्ने। उनि भन्छन्ः, ‘मैले कुनैदिन एक्लो महसुस् गर्नु परेको छैन किनकी म जहाँ जादा त्यही मेरा साथी बनाउन सक्छु’ उनि गर्वको साथ भन्छन्।

बच्चा देखिन कला प्रेमी। फिल्म कसरी बन्छनहोला भनेर चाख राग्दथे। बेला बेला केटकेटी बटुलेर फिल्म बनाउन प्रयास गर्दथे। बजारमा आएका गीतका भिडियो हर्न बित्तिकै नक्ल गर्न सुरु गरीहाल्थे, फिल्म हर्न भनेपछि रातको निन्द्राले पनि उनलाई सुताउन सक्दैन थियो। कुनै गितहरु रेडियोमा बजेको सुने भनेपनि कथा बनाउन सुरु गर्थे। उनि प्राय आफूलाई नायक कल्पना गरेर थुप्र कथाहरु लेखेका रहेछन्।

जुम्ला जतिनै सुन्दर भुगोल छ, त्यतिनै प्रविधि बिकासको क्रम पनि खास्सै देखिदैन, त्यही भुगोमा संघर्ष गर्ने २२ वर्षे कलिलो हस्ती हुन, मदन नेपाली। उनले जिल्लामा चिनियका कलाकार र क्यमार चलाउने पत्रकार, रेडियो कर्मी, थुप्रैमाछेलाई चिनजान गरको कुरा मिजासिलो स्वमा सुनाउछन्ः, ‘मैले लेखेको कथाहरुलाई कसैले लगानी गरेपछिमात्र मैले सबै सामु चिनिन सक्छु भनेर धेरैलाई चिनजान गरे, चिनजानले कहिले पैशा बिहिन काम गराउन सकीन्योकी भनेर म नायक भएर लेखेका कथाहरुमा साथीहरुलाई नायक बनाएर काम गरीन्थ्यो तैपनि पैशा नभएर सम्पादनमा अड्कन्थो। त्यसैले पनि मलाई भिडियो सम्पादन असाध्धै मन पर्छ।’ भन्छन्।

पहिलो एस् इ ई ब्याजरहेज, जुम्लाकै श्री रत्न चूडेश्वर मा.वि बाट २०७२मा पास गरे, पलस्टू पनि ७४ मा सोही मा.वि बाट पास भए। उनले लेख्ने र रचनात्मक कुरालाई संघसंगै अगाडी बढाउदै गएँ।

एस् इ ई दिएलगत्तै कचहरी फिल्मको कथा लेखेर अभिनए पनि गरे। साथीभाई मिलेर १८ लाख लगानी लगाएर उक्त चलचित्र निमार्ण गरे। चलचित्रमा बास्तबीक कर्णाली भल्काउने प्रयास गरेको मदन बताऊछन्। , ‘फिल्म बनाउनेकाम सहज भए जो कोहीले बनाउथे होला फिल्म बनाउनु धेरै मिहिनेत र लगानी चाहीने भएरै कमै मात्रामा चलचित्र बन्छन् होला। अर्को कुरा फिल्म निमार्ण गर्दा सबै भन्दा धेरै खर्च सम्पाद÷पोस्टप्रोडक्सनमा लाग्नेरहेछ सोचेर म अहीले सम्पादन गर्दै छु’ कर्णालीकै कथा भएकोले कर्णालीमा ‘‘च्यारेटि सो’’ गरेर फिल्ममा लगाएको लगानी जेनतेन उठाउन सफल भएको कुरा बताउछन्।

त्यस पछि उनको जिवनले नयाँ मोड लियो, अब पढेर केही गर्नु पर्छ। पढ्न त ओस्कर कलेजमा रहेको धोको बताउछन् तर पछि केही कारणबस् पढ्नन् पाएनन्। त्यसपछि एकेडेमी भएपनि सिप सिक्दै गरौं भन्ने भावना जाग्यो र परिवारलाई सुनाए, डक्टर पढोस् सोच्ने घरपरिवारले, अनाकानी गरे त्यस्तो पनि हुन्छ त जस्ता कुराहरु गर्न थाले, जसोतसो घरपरिवारलाई फकाउन सपल भए। परिवारको थोरै साथ सहयोमा पनि उनले ‘‘मायाँ एनिमेसन एकेडेमी’’ १ वर्ष भिडियो सम्पादनको कोस् गरे। कक्षमा निकै लगनसिल भएकाले उनले सोही एकेडेमीमा थप छ महिना फ्रि सिक्न सिकाउन पाए, नयाँलाई गाईड गर्ने र आफूलाई पनि निखार्ने मौका पाए। त्यही सिलसिलामै आफूले गरेको संगर्षलाइ सम्झीएर भावानमा पोखीन्छन्।

, ‘‘ मैले भिडीयो सम्पादन आखा चिम्लीएर रोजेको बिषय हो। यो पढिसक्दा भोलिका दिनमा के गर्न सकीन्छ। मैले घर परिवारलाइ भूलाउन पढ्दैछु त भने तर पढ्दा न पोसख लाउनु पर्छ, न केही विषयगत कितावनै छ, न त भविष्यको ठेगान नै। पछि बिस्तारै दिन, महिना कक्षमा बिताइसक्दा अब केही गर्न सक्छु हुनथाल्यो तर कम्पुटर चाहीने भयो। आफु त बुबाआमाको थोरै सात पाएको मान्छे फेरी यत्रो माग गर्दा पुराउनु पनि हुन्न, खयर केही छैन हामीले पढेकै एकेडेमीको ल्याव त छ भनेर बिहान ६ बजेदेखि दिउसोको २ बजे सम्म केही नखाएर प्राटिक्स् गर्न थाले। हाम्रो कलास करिब दुई घण्टाको हुन्थो सबैजना खाना खान टाइमा पुग्थे तर म सधै ढिलो खाना खान्थे। त्यसैले म यहाँ छु। त आट म पुराउछु भन्ने भगवानपनि हुदारहेछन जस्तो लाग्छ।’’ भन्छन।

आजको दिन सम्म उले हजारौं, हजार भिडियो हरु सम्पादन गरी सके, त्यतै २०औं हजार फेसबुक ब्यानर बानई सके, दिनौ नयाँ भिडियोमा काम गरीरहेका छन्। कतिपहे कार्यक्रमको प्रचाप्रसारको जिम्मा पनी लिने गरेका छन्। फिल्म सम्पादन, पोष्टर डिजाईन, म्यूजिक भिडियो, म्याक्जिन डिजाईन, पुस्तक ल्यआउट, कम्पनी लोगो आदी काममा “माई लव क्रियसन” नामाको कम्पनीमा आवद्ध रहेर काम गरीरहेका छन्।

प्रतिक्रिया