गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको दरबारमार्ग र ठमेल रातभरी खुलाउने तयारीमा

बेद प्रसाद घिमिरे २०८० चैत ७ गते ११:३० मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ । मन्त्री लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त क्षेत्र २४ सै घण्टा खुलाउने तयारी गरेको हो ।

गृहमन्त्री लामिछानले पदभार ग्रहणको केही दिनपछि देशभरका सुरक्षा निकायका प्रमुखसँगको अन्तक्रिया कार्यक्रममा विभिन्न पर्यटकीय क्षेत्रहरु २४ सै घण्टा खुलाउने वातावरण मिलाउन निर्देशन दिएका थिए ।

सोहीअनुरुप जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने गरी ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ला गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ’, प्रजिअ बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ

प्रतिक्रिया