मेलबर्नमा ४ कक्षामा अध्ययनरत आर्य खड्काद्धारा ८ बर्षको उमेरमा ३ कक्षामा पढदै गर्दा नै पुस्तक प्रकाशन गरेकी छिन भने ९ बर्ष पुगेकी उन्को दोश्रो पुस्तक प्रकासोन्मुख अवस्थामा छ ।
बिशेष गरी बिभिन्न संस्कृतिको बिषयमा पढन रुची राख्ने दुर्गा उप्रेती र राजन खड्काकी छोरी आर्यले पहिलो पुस्तक The Secret Garden लेखिन । यो पुस्तक जादु र कल्पनामा आधारित छ ।
The Secret Garde पुस्तकमा प्रमुख भूमिका आर्य नाम गरेकी वालिकाको रहेको छ जस्ले रोज नाम गरेको बोल्ने फूलसंग भेटछिन । पुस्तकको बारेमा उन्कै शिक्षक Chloe Miller र Principal Peter Wilson ले प्रसंशनात्मक बिचार ब्यक्त गरेका छन । उनीहरुका अनुसार आर्यको लेखाइ स्तर ७-८ बर्षको लेखाइको स्तरसंग तुलना गर्न सकिन्छ ।
आर्यले अर्को पुस्तक लेख्न शुरु गरिसकेकी छिन जस्ले संभवत उपन्यासको रुप लिनेछ ।
Merri-bek Council को २०२५-२०२९ को बजेटको बिषयमा आर्यले आफ्नो बिचार ब्यक्त गरेकी छिन र संभवत काउन्सिलका नागरिकहरुमा उनी सबैभन्दा कम उमेरकी हुन जस्ले कान्सिलको बजेटमा आफ्नो बिचार ब्यक्त गरेका छन ।
आध्यात्मिक कार्यक्रममा आबस्यक्तानुरुप गरिनुपर्ने संस्कृतका केही स्लोकहरु वाचन गर्ने क्षमता राख्ने आर्यले हाल गीताको अध्ययन गर्न समेत शुरु गरेकी छिन ।
आर्यले मेलबर्नको एक कार्यक्रमका बीच ३ विस्व रेकर्ड कायम गरेका आचार्य राजन शर्मालाई आफूले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरिन ।बिलक्षण प्रतिभाका धनी आर्यलाई शुभ आशिर्बाद एबं उज्वल भबिस्यको हार्दिक शुभ-कामना।
श्रोत : लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार सामाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक
प्रतिक्रिया