धनगडी, जेठ २७ । राजनीति पेशा नभई मानव जीवन विकास र समाज परिवर्तनका लागि गरिने बिसुद्ध समाज सेवा एवं जीवन पद्धतीको रुपमा सञ्चालन गर्ने अस्त्रका रुपमा लिंदै आएका गोकर्ण भटट् नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य हुनुहुन्छ ।
राजनीति सिद्धान्त,विचार र समर्पणमा आधारित नभएर केहि व्यत्तिःहरुले राजनीतिलाई पेशा बनाएको देख्दा आफैमा खिन्नता लाग्ने गरेको भटट्को भनाई छ ।
सिद्धान्त , विचार र दर्शन मञ्चमा बोलिने शुत्र भएपनि व्यवहारमा माक्सवदलाई उत्पादनमा जोडेर लैजान नसक्ने नेता कार्यकर्ताहरुका लागि उदाहरणका रुपमा आफुलाई उभ्याउन सफल हुनु भएको छ गोकर्ण भटट् ।
निरन्तर रुपमा ३५ बर्ष देखि कम्यूनिष्ट आन्दोलनमा आफुलाई समाहित गर्दै आउनु भएका नेकपा एमाले सुदुरुपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य भटट्ले काष्ठ व्यवसाय हुँदै हाल सःमिल सञ्चालन देखिलिएर डेढ बिगाह क्षेत्रफलमा माछा पालनको कार्यलाई शुरुवात गर्नु भएको छ ।
गोदावरी नगरपालिकाको अत्तरिया बजारको रिङरोडमा दुई विगाह क्षेत्रफलमा १६ लाखको लगानीमा माछाका पोखरी निर्माण गर्ने देखि लिए् ६ लाख भन्दा बढी माछाका भुरा हालेर आर्गेनिक माछा पालन व्यवसायको समेत थालनी गर्नु भएको छ ।
राजनीतिमा लागेर कतिपय व्यक्तिले व्यवसायनै नगर्ने केवल नेता नेतृत्वको भरोसामा जीवन पालिरहेको अवस्थामा आम कार्यकर्ताका लागि प्रेरणा स्वरुप माछा पालनलाइ समेत जोड दिएको कुरा भटट्ले बताउनु भयो ।
सरकारको अनुदान विनानै बैखा जातका र अन्य जातका माछाहरु राखेर ४ वटा ठूल ठूला पोखरीहरु सञ्चालनमा ल्याइएको कुरा भटट्ले जानकारी दिनु भएको छ ।
राजनीतिमा संलग्न हरेक एमाले नेता कार्यकर्ताहरुले धेरै नभएपनि सानो तिनो रकमबाटै भएपनि उद्ययममा लाग्न सकेको खण्डमा समृद्धि आफैबाट शुरु हुनेपनि भटट्को भनाई रहको छ । आफु विगतमा काष्ठ व्यवसायमा संलग्न भएतापनि काष्ठ व्यवसाय संगै माछापालनलाई पनि संगसंगै लैजाने सोच बनाएको भटट्ले बताउनु भएको छ ।
नेकपा एमालेको तर्फबाट २०७९ को स्थानीय निकायको निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकाबाट नगर पदमा प्रत्यासी समेत बनेका भटट्ले जीविकोपार्जन संग संगै कृषि व्यवसायलाई हरेक नेपाली नागरिकले मौलिक जीवनशैलीका रुपमा स्थापना गर्ने बानि बसालन सक्नु पर्ने बताउनु भयो ।
पार्टीका हरेक नेता कार्यकर्ताहरु उत्पादनमा जोडिन सकेको खण्डमा कार्यकर्ता समृद्ध र देशनै आर्थिक विकासको बाटोमा बड्न सक्ने भएकाले सबै जना उत्पादनमा जोडिन अनिर्वाय ्बनाईनु पर्ने भटट्को धारणा छ ।
वीरेन्द्र बहादुर रावल
प्रतिक्रिया