ट्रम्प समर्थक वकिल अदालतको सुनुवाइ पछि पक्राउ

इनेप्लिज २०८० चैत ६ गते १६:५६ मा प्रकाशित

सन २०२० अमेरिकामा मतदान गराएको डोमिनियन भोटिंग प्रणालीका विधुतिय डाक (इमेल)चुहावट भएको बारे अदालतको सुनुवाइ पछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक एक वकिललाई  पक्राउ गरिएको छ ।

जसले २०२० को चुनावलाई उल्टाउन खोजेका ट्रम्प समर्थक वकिललाई डोमिनियन भोटिंग प्रणालीसँग सम्बन्धित आन्तरिक विधुतिय डाक( ईमेल)हरु चुहावट गरेको बारेमा अदालतको सुनुवाई पछि स्टेफनी ल्याम्बर्टलाई सोमबार पक्राउ गरिएको छ । 

मिशिगनमा उनको छुट्टै आपराधिक मुद्दामा  अदालतको सुनुवाइमा उपस्थित हुन नसकेका कारण वकिल स्टेफनी ल्याम्बर्टलाई गिरफ्तारी पक्राउ पूर्जी जारी गरिएको थियो ।

 उनलाई २०२० को चुनाव पछि मतदान यन्त्रहरु कब्जा गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको थियो। 

२०२० को चुनावको बारेमा षड्यन्त्र सिद्धान्तहरू अंगाल्ने र डोनाल्ड ट्रम्प विरुद्ध कथित मतदाता ठगीको खोजी गर्न आफ्नो कार्यालय प्रयोग गर्ने ब्यारी काउन्टी शेरिफ डार लीफलाई ल्याम्बर्टले गोप्य डोमिनियन कागजातहरू उपलब्ध गराउँदा विवाद सुरु भएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया