ईनेप्लीज
१९ मार्च २०२४
वाशिंगटन डिसी – नेपालको आर्थिक बिकाशको लागी संचालन भईरहेको ” एकिकृत बिकाश ( ईन्टीग्रेटेड डेभेलप् मेन्ट ) ” का बिज्ञ डा० बिश्वास गौचनसंग यही मार्च २३ शनिबारका दिन अमेरिकाको स्प्रिंगफिल्ड भर्जिनियामा एक छलफल कार्यक्रम ( टक् प्रोग्राम ) आयोजना गरिएको छ ।
रास्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष / अर्थशास्त्री डा० स्वोर्णिम वाग्ले र डा० बिश्वास गौचनको नेत्रित्वोमा नेपालको आर्थिक बिकाशको लागी ” एकिकृत बिकाश ( ईन्टीग्रेटेड डेभेलप् मेन्ट ) ” का परियोजनाहरु नेपालभरी संचालन भईरहेका छन् । अमेरिकाको थिङ्क ट्यांक ईन्टरनेशनल डेभेलप् मेन्ट ईन्सिच्युटको आयोजनामा
हुन गईरहेको यो टक् प्रोग्राम स्प्रिंगफिल्ड भर्जिनियामा रहेको ईन्सिच्युटकै मिटिंग हलमा हुनेछ र प्रवेश नि:शुल्क गरिएको छ।
कार्यक्रम हुने मिती : मार्च २३ , २०२४ ( आउने शनिबार )
समय : दिनको २:३० बजे
स्थान : 6564 LOISDALE CT. , Suite 600 , Springfield , VA 22150
सम्पर्क : [email protected]
प्रतिक्रिया