न्यूयोर्क ! ईजिएन अन्तराष्ट्रीय कराते प्रतियोगितामा आईएमए निहोनकराते लाई १० पदक

इनेप्लिज २०८० चैत ४ गते १५:३१ मा प्रकाशित


गत्त आईतबार मार्च १० २०२४

ईजिएन मार्शल आर्ट्स को आयोजनामा सिटी यूनिवर्सिटी अफ़ न्यूयार्कको स्पोर्ट्स हल मा सम्पन्न . अन्तराष्ट्रीय कराते चैम्पियनशिप मा आईएमएनिहोन कराते को ८ जना खेलाड़ीहरुले प्रतियोगिता मा सहभागी भै ७ ज़नाखेलाड़ीले १ काश्य र ९ रजत गरि जम्मा १० पदक प्राप्त गर्न सफल भएका छन। बिभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरु मध्य हम्लेट इज़ेलो ले कुमीतेतर्फ़ काश्य र काता मा रजत पदक जितेका छन भने अलान इज़ेलो ले कातातथा कुमिते दुबैमा रजत पदक जितेका छन , ईजिता मल्लले काता तथा कूमिते दुबैमा रजत जिते भने माथ्यू बुएस्टान ले कुमितेंमा रजत पदक हासिल गरेका छन । अन्य सहभागीलेकाता इभेंट्समां क्रमश प्रकृति राणामगर , रब्सेल शेर्पा र ईथान पेगारिडो ले रजत पदक हासिल गरेका छन।

प्रतियोगितामा किरिगस्थान लगायत, क्यानाड़ा,स्पेन, अल्जीरिया, नाइजीरिया र अमेरिकाको अन्य राज्यहरु बाट ३०० जना बढ़ी खेलाडिहरुको सहभागिता जनाएको थियो भने प्रतियोगिताबिहान ९-६ बजे सम्म ६ वटा तातामीमां ३५ जना बढ़ी राष्ट्रीय तथाअंतर्राष्ट्रीयरेफ्री हरुले संपन्न गरेको थियो। उक्त प्रतियोगितामा रेफ्री तथा जजमा अन्तराष्ट्रीय रेफ्री शान्त थोकर र कोचमा मेलिन हुई र यूसेई ओशिमा रहेको थियो।

नोट: प्रतियोगिता को संपूर्ण विवरणmyuventex.com मा हर्नू सक्नू हुनेछ। 

 

प्रतिक्रिया