कुलमान घिसिङ्ग तथा उनको टोलीसँग अमेरिकाको डिसी क्षेत्रका नेपाली समुदायले अन्तरक्रिया गर्ने

इनेप्लिज २०८० चैत ३ गते १६:२१ मा प्रकाशित

कुलमान घिसिङ्ग तथा उनको टोलीसँग डिसी क्षेत्रका नेपाली समुदायले अन्तरक्रिया गर्ने भएका छन् ।

नेपाल विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, नेपाल सरकार अर्थ मन्त्रालयका सचिव ,ऊर्जा जलस्रोत तथा सिचांई मन्त्रालयका सचिव लगायतको टोलीसँग अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायले अन्तरक्रिया गर्नुको साथै भेटघाट गर्न पाउने भएका छन् ।

उक्त टोलीमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी (अधिकृत) हरू नेपाल सरकारको प्रतिनिधित्व गर्दै बिश्व बैंकको ऊर्जा बिषय सम्बन्धित कार्यक्रमको बैठकमा सहभागी हुनको लागि आएको मौकामा नेपाली समुदाय र कुलमान घिसिङ्ग बीच भेटघाट हुने लागेको यस कार्यक्रमलाई समन्वय गरि रहनु भएका एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले ईनेप्लिजलाई बताए ।

यो हामी सबैको लागि गौरव बिषय हो, उहा जस्तो व्यक्तित्वलाई अमेरिकाको राजधानी डिसी क्षेत्रका सिंगो समुदायले भेट गर्न पाउनु एउटा मौका हो ,अधिकारीले भने । अध्यक्ष अधिकारीले यस क्षेत्रमा बस्ने सबैलाई उपस्थितिको लागि सम्पूर्ण संघ/संस्थाको तर्फबाट आह्वान गरेका छन् ।

कुलमान घिसिङ्ग तथा उहाको टोलीको गरिमामय उपस्थिति र नेपाली समुदायहरुले वहाँहरुसंग भेंटवार्ता गर्नुका अतिरिक्त नेपालको आर्थिक विकास निर्माण सम्बन्धी खासगरी ऊर्जाका क्षेत्रमा र साथ-साथमा मातृभूमि नेपाल सम्बंधित अनेकन रचनात्मक कुराकानीहरु गर्ने सुवर्ण अवसर प्राप्त भएकाले यो छुटाउनै नहुने अध्यक्ष अधिकारीले बताए ।

यस क्षेत्रका एएनए ,एएनएस ,एएसएनइनजिआर ,एनआरएनए भर्जिनिया ,अमेरिका नेपाल सहयोगी समाज ,तामाङ्ग समाज डिसी,डिसी नेपालिज फुटबल क्लब(डिसीएनएफसी) ,नेपाली अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी ) लगायतको आयोजनामा हुने कार्यक्रम रहेकोले सहभागिताको लागि अनुरोध गरिएको छ ।

कार्यक्रम हुने मिति, समय र स्थान (ठेगाना) :

Date: Sunday, March 17, 2024
Time: 3:00 – 6:00 PM (EST)
Address: 10312 Willard Way, FairFax, VA 22030

प्रतिक्रिया