पत्रकार तथा गीतकार सतीश चापागाई एनआरएनए अमेरिकाको संचार संयोजकमा नियुक्त

इनेप्लिज २०८० चैत ३ गते १४:४९ मा प्रकाशित

पत्रकार तथा गीतकार सतीश चापागाई एनआरएनए अमेरिकाको संचार संयोजक (मिडिया कोअर्डिनेटर) मा नियुक्त भएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले चापागाईलाई नियुक्त गरेका हुन् ।

पत्रकार चापागाई सन् २०१९-०२१ कार्यकालमा पनि संचार संयोजक नियुक्त भएका थिए । उक्त कार्यकालमा मिडियाहरुसंग राम्रो समन्वय राखेको एनआरएनए गतिविधि सदस्यहरु समक्ष प्रभावकारी रुपमा सम्प्रेषण गरेको भनेर प्रशंसा हुने गरेको छ ।

नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक समेत रहेका चापागाई आफ्ना साहित्यिक सिर्जनाका कारण पनि चर्चामा रहन्छन् ।

सन् २००८ मा अमेरिका आएका चापागाई २०१४ देखि एनआरएनएमा आवद्ध व्यक्ति हुन् ।

नेपालमा झण्डै १२ बर्ष सक्रिय पत्रकारिता गरेका चापागाईले रेडियो नेपाल, नेपाल समाचारपत्र दैनिक लगायतका राष्ट्रिय र पाल्पा टाईम्स, जनसंघर्ष नवजनचेतना, गांउले देउराली, नेतृत्व साप्ताहिक लगायतका स्थानीय मिडियाहरुमा काम गरेका थिए । उनले श्रीनगर , पश्चिमान्चल र आंधिखोला एफएमहरुमा पनि नेतृत्वदायी भूमीका खेलेका थिए ।

“एनआरएनए अमेरिकाको संचार संयोजक नियुक्त गर्नुभएकोमा अध्यक्ष डाक्टर अर्जुन बन्जाडे(विद्या वारिधि) र सिंगो टोलीप्रति आभारी छु ।” चापागाईले भने , ”सदस्यहरुले सहि सूचना सहि समयमा पाउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसका लागि अमेरिकामा सक्रिय संचार र संचारकर्मीहरुसंग मिलेर काम गर्नेछु ।”

हाम्रा मित्र सतीश चापागाई एनआरएनए अमेरिकाको संचार संयोजकमा नियुक्त हुनुभएकोमा ईनेप्लिज परिवार हार्दिक बधाई सहित उहांको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया