डिसी महानगर क्षेत्रमा ११४ औं नारी दिवस भब्य रुपमा मनाइदै,सहभागिता हुन् आह्वान

इनेप्लिज २०८० चैत २ गते १३:२८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा ११४ औं नारी दिवस भब्य रुपमा मनाइने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवस गत मार्च ८ का दिन भएता पनि आगामी मार्च १६ शनिबारका दिन बिभिन्न कार्यक्रमहरु गर्दै मनाईने भएको छ ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र ( एनएसिसी अर्थात् न्याक)को आयोजना र राष्ट्रिय तथा डिसी महानगर क्षेत्रका विभिन्न संघ संस्थाहरूको संयोजनमा ११४ औं नारी दिवस कार्यक्रमको आयोजना गरिन लागेको हो ।

यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली समुदायलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यस समारोहका संयोजक सुनिता खत्री तथा न्याककी उपाध्यक्ष बिना खड्का लामाले सबैलाई चूलो निम्तो दिएका छन् ।

नारि दिवसको उपलक्ष्यमा मार्च १६ का दिन बिहान ७:३० बजे सबै भन्दा पहिले महिला बीच मैत्रीपूर्ण ब्याडमिन्टन (प्वाखे मुङ्ग्रो )खेल तथा भेटघाट कार्यक्रम हुने संयोजक सुनिता खत्रीले ईनेप्लिजलाई बताइन । उक्त खेल भर्जिनियाको स्टरलिङ्ग शहरको रोयल ब्याडमिन्टन एकाडेमीमा हुनेछ ।

खेल पश्च्यात भर्जिनियाको मनाससको वेनडम गार्डन मनाससमा ११४ औ नारी दिवस बिभिन्न कार्यक्रमको साथ मनाईने छ ।
उक्त कार्यक्रम सुनिता सुबेदी तथा आरती पराजुलीले संचालन गर्नेछन् । यस कार्यक्रमको लागि बिभिन्न संघ/संस्थाहरुले आर्थिक सहयोग समेत गरेका छन् । कार्यक्रम संयोजक सुनिता खत्रीले प्रायोजक तथा प्रत्यक्ष तथा परोक्ष सहोग गर्ने सबैलाई विशेष धन्यवाद दिदै उपस्थितिको लागि आह्वान गरेकी छिन ।

१४ औ नारी दिवस हुने स्थान र मिति :

मिति :~ १६ मार्च २०२४ शनिवार
समय :~ दिनको २. ०० बजे
स्थान :~ Wyndham Garden Manassa
10800 Vandor Ln. Manassas, VA 20109

मैत्रीपूर्ण ब्याडमिन्टन खेल हुने मिती र स्थान :
मिति :~ १६ मार्च २०२४ शनिवार
समय :~ बिहान ७:३० बजे
स्थान : royal badminton academy
21598 atlantic blvd ,unit 100
sterling ,va ,20166

प्रतिक्रिया