नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित

बेद प्रसाद घिमिरे २०८० चैत २ गते ११:१५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले वेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ।

शुक्रबार दिउँसो कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। दोस्रो बैठक सुरू भएलगत्तै कांग्रेस सांसदहरूले वेल घेराउ गरेका हुन्।

कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकोले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जबाफ दिनुपर्ने माग गरिरहेका छन्।

सभामुख घिमिरेले अब चैत ४ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया