बेलायतमा एक मजदुरले १,८०० वर्ष पुरानो रोमन मूर्ति भेट्टाए

इनेप्लिज २०८० चैत १ गते १७:४८ मा प्रकाशित

बेलायतमा सवारी साधन स्थल(पार्किङ्ग लट) खन्ने क्रममा एक मजदुरले १,८०० वर्ष प्राचीन रहस्यमयी रोमन मूर्ति भेट्टाएका छन् । उक्त मजदुरले बर्घले हाउस नामक स्थानमा खन्ने क्रममा फेला पारेका हुन ।

मजदुरले लन्डनबाट ९० माइल उत्तरमा १६ औं शताब्दीको एक ऐतिहासिक ट्यूडर-युगको प्रतिमा फेला पारेको एबिसीन्यूजले जनाएको छ ।

ग्रेग क्रले नामक मजदुरले खन्ने क्रममा खन्दै गर्दा उक्त मूर्ति फेला पारेका हुन्। म साँच्चै चकित परे र अनुहार भएको ठूलो मूर्ती देखे । खन्दै जाँदा र उठाउदै गर्दा ठूलो टाउको भएको मूर्ति फेला परेको अनुभुती गरे ,क्रलेले भने।

जब विज्ञहरूले यो रोमन संगमरमरको मूर्ति भएको बताए पछि आफू आश्चर्यमा परेको उनले बताए । एक अचम्मको अनुभूति भयो र पुरानो र विशेष चीज फेला पर्यो ,उनले भने ।

मूर्तिको सर सफाई गरिसकेपछि विज्ञहरूले मूर्तिलाई पहिलो वा दोस्रो शताब्दीको मिति भएको निर्धारण गरेका थिए । यो मूर्ति भूमिगत रुपमा कति समयसम्म रहेको थियो अझै पनि रहस्यमय रहेको छ । साथै यो मूर्ती त्यहा किन र कसरी आयो भन्ने स्प्ष्ट नभएको बिज्ञहरुको भनाई छ ।

प्रतिक्रिया