आयरल्याण्ड डब्लिनका नेपाली मूलका राम रिजाल बेपत्ता ,खोज तलासमा सहयोग गर्न अपील

इनेप्लिज २०८० चैत १ गते १३:२२ मा प्रकाशित

आयरल्याण्डका नेपाली मूलका राम रिजाल बेपत्ता भए पछि खोज तलासमा सहयोग गर्न सबैमा अपील गरिएको छ । साथै पत्रपत्रिकाका अनुसार ४२ वर्षीय राम रिजालको स्वास्थ्य अवस्थाप्रति परिवार चिन्तित भएको जनाईएको छ ।

गत मंगलबार मार्च १२ मा अन्तिम पटक देखिएका रिजाल बेपत्ता भएकोले अपील गरिएको छ।

उनका परिवारले टाला स्थित डियरपार्क स्थित उनको घरमा फर्केर आउन भन्ने चाहना र कामना गरे परिवारहरु चिन्तित रहेका छन् । पातलो कपाल र कालो कपाल भएको ४२ वर्षीय रिजाल ५ फिट ७ इन्च अग्लो भएको बताइएको छ ।

गार्डाका एक प्रवक्ताले उनको परिवार उनको सुरक्षा र स्वास्थ्यको लागि चिन्तित भएको भन्दै रिजालको बारेमा कुनै जानकारी भएमा खबर गर्न समेत आह्वान गरेका छन ।

प्रतिक्रिया