नाइजेरियामा २ सय ८७ विद्यालयका बालबालिकालाई अपहरण गर्ने बन्दुकधारीले ६ लाख २२ डलर फिरौती नतिरेमा मार्ने धम्की

इनेप्लिज २०८० चैत १ गते ०:१९ मा प्रकाशित

नाइजेरियामा २ सय ८७ विद्यालयका बालबालिकालाई अपहरण गर्ने बन्दुकधारीले ६२२,००० डलर फिरौती नतिरेमा ती सबैलाई मार्ने बताएका छन् ।

गत बिहीबार नाइजेरियामा कम्तिमा २ सय ८७ स्कूलका बालबालिकालाई अपहरण गर्ने बन्दुकधारीहरूले १ अर्ब नाइरा ($ ६२१,८४८) फिरौती मागेका छन् । यदि उनीहरूको माग पूरा नभएमा सबै विद्यार्थीहरूलाई मार्ने धम्की दिएको स्थानीय समुदायका एक सदस्यले बुधबार सिएनएनलाई बताएका छन् ।

उनीहरूले मलाई हिजो (मङ्गलबार) दिउँसो १२ बजेर १६ मिनेटमा अज्ञात संख्याबाट दूरवार्ता गरे र विद्यार्थीहरूलाई फिरौतीको रूपमा १ अर्ब नाइरा (अर्थात् ६२१,८४८ ) मागे ,उनले भने ।

उनीहरूले बच्चाहरू अपहरण गरेको मिति देखि तीन हप्ता अर्थात् २० दिनसम्म मात्र समय दिइने बताए । यदि सरकारले कुनै कारबाही गरेन भने उनीहरू सबैलाई मार्ने धम्की दिएको सिएनएनलाई स्थानीय समुदायका एक सदस्यले बताए ।

कादुनाको चिकुन जिल्लाको कुरिगा गाउँको एलइए प्राथमिक तथा माध्यमिक बिद्यालयमा आक्रमण गर्ने भटभटेमा सशस्त्र डाकुहरूले बिहीबार बिहान ३०० भन्दा बढी विद्यार्थीहरूलाई लगेका थिए।

केही विद्यार्थीको उद्धार गरिएको थियो तर तीमध्ये २८७ जना अपहरणकर्तासँग छन् । कादुनाका गभर्नर उबा सानीले बिहीबार एक बिज्ञप्ति जारी गर्दै उनको सरकारले विद्यार्थी र विद्यार्थीहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न सबै सम्भव गरिरहेको बताए ।

सानीले आक्रमणको क्रममा अपहरणकारीहरूसँग सामना गर्ने समुदायका एक सदस्यको पनि मृत्यु भएको बताए।

सन् २०२१ मा कम्तिमा १४० जना विद्यार्थीहरूलाई सशस्त्र व्यक्तिहरूले एक निजी माध्यमिक विद्यालयबाट अपहरण गरेका थिए। चिकुनको कसरामी गाउँमा रहेको एक निजी विश्वविद्यालयका करिब २० विद्यार्थीलाई बन्दुकधारीले अपहरण गरेको केही महिनापछि यो घटना भएको हो ।

ती मध्ये पाँच विद्यार्थीको फिरौतीको म्याद पूरा नभएपछि मारिएको थियो ।

प्रतिक्रिया