अमेरिकाको बाल्टिमोरबाट नेपाली संगीतको रोयल्टी संकलन अभियान सुरु

इनेप्लिज २०८० फागुन २९ गते २२:४१ मा प्रकाशित

अमेरिकाको बाल्टिमोरबाट नेपाली संगीतको रोयल्टी संकलन अभियान सुरु भएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली कलाकारले यस्तो अभियान थालेका हुन् ।

बिहान हामी भजन सुन्दै ब्युँझन चाहान्छौँ र राति सुत्दा पनि मीठा मीठागीतको श्रवणसँगै निदाउन चाहान्छौँ । तर हामीलाई ताजा बिहानी र सुन्दर सपनी दिने गीतका सर्जक भने न रातमा राम्ररी निदाउन सक्ने अवस्था छ न बिहान ब्युँझन । प्रवासमा हामीलाई हाम्रो घर गाउँसँग जोडेने सेतु नै नेपाली गीत संगीत हुन् । हामी हरुको गीतमा यहाँ छमछम नाचेर रमाइलो गर्छौँ तर उहाँहरु आफू र आफ्नो परिवारको भविष्य सम्झेर चिन्तित भइरहनु पर्ने बाध्यता छ । यो कुरा म थप किन महसुस गर्छु भने म आफैँ पनि सर्जक हुँ ।

सिर्जनाका दुःख र यसबाट प्राप्त हुने मानसिक सुख अपरम्पार छ । तर सर्जकको आर्थिक पाटो डामाडोल छ । सजर्क भएका नाताले यो दुःख बुझ्नु र यसका लागि जिम्मेवारी लिनु मेरो कर्तव्य हो । यो सँगै स्रष्टाका प्रतिलिपी अधिकारको सम्मान गर्नु मेरो दायित्व पनि हो । यही कारण यो कार्यक्रमबाट प्रतिलिपी अधिकारका लागि केही रकम छुट्याएको जानकारी गराउँछु ।

देशभर हजार भन्दा बढि हाम्रो समुदायका कार्यक्रम ब्यवासयिक रुपमा हुने गर्ने अनुमान गर्न सक्छौ। यसरी सन्चालन गर्नु भएका Events LLC DJ, Hotel Restaurant लगायत जहा हाम्रा गित सङ्गित गुन्जिने गर्छन ,उहाहरुले यो अभियान / आवाजलाई महसुस गरि यस अभियानको सहजिकरण भुमिका कलाकारहरुको सस्था अन्तराष्ट्रीय कलाकार समाज अमेरिकाले सबै सग हातेमालो गरि आगाडि बढाउन सकेमा ”कला र कलाकारको सारथी” INAS भन्ने सोलोगन को मर्म सार्थक हुनेमा कुनै दुईमत रहनेछैन भन्दै फिल्म निर्देशक गोपालचन्द्र लामिछानेले पहिलोपटक आफ्नो पुनर्विवाह समारोहमा बजाइएका गीत-संगीतको रोयल्टीबापत १५० डलर उपलब्ध गराएका थिए ।

अभिनेत्री राधा लम्साल (भावु)ले लोकगायक प्रेमराजा महतमार्फत अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का अध्यक्ष राहुल केसीलाई उक्त रकम प्रदान गरिएको थियो। इनास अमेरिकाका अध्यक्ष राहुल केसी, कलाकारहरु राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, लक्ष्मण पौडेल, सिर्जन ताम्राकार, कन्हैया सिंह परियार, अञ्जना गुरुङ, मनिष शर्मा, आभा मुकारुङ, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की, सुमन दाहाल, पूर्णसिंह बराइली र विश्व पौडेल लगायत नेपाली समुदायका प्रतिष्ठित ब्यक्तिहरुको रोहवरमा उक्त रोयल्टी रकम प्रदान गरिएको घोषणा गरियो ।

अभियान थालनीलगत्तै नमस्ते इभेन्टका सीईओ रमेश श्रेष्ठले प्रत्येक कार्यक्रमबापत ५० डलर रोयल्टी प्रदान गर्ने घोषणा गरेका थिए । ‘प्रवासमा नेपाल जोड्ने काम फिल्म र संगीतले गरेको छ,’ लामिछानेले भने, ‘५० डलरको अभियान चलेपनि लाखौ डलर संकलन हुन्छ ।’ नेपालीले सञ्चालन गरेका चार-पाँच सय रेस्टुरेन्टबाट रोयल्टी संकलन गर्न सकिए, राम्रो हुने उनले उल्लेख गरे ।

बाल्टिमोरस्थित फेमिली किचनमा वर्षमा सयभन्दा बढी इभेन्ट हुने, यी कार्यक्रममा नेपाली गीत बज्ने र रोयल्टी संकलनको लागि यो राम्रो माध्यम हुने लामिछानेले उल्लेख गरे । ‘यो आवाज र अभियान हो । यसबाट अन्य मुलुकका नेपाली डायस्पोरालाई पनि प्रेरणा हुन्छ,’ उनले भने । मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका अवैतनिक महावाणिज्यदूत तथा लोकगायक महतले रोयल्टी संकलनको यो अभियानलाई अमेरिकाव्यापी बनाउने बताए ।

‘हामी टिम बनाएर जतिसक्दो चाँडो ५० अमेरिका भर पुर्‍याउँछौं,’ उनले भने, ‘यसका लागि म सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढन तयार रहने बताउनु भयो।

प्रतिक्रिया