राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

बेद प्रसाद घिमिरे २०८० फागुन २९ गते ९:४६ मा प्रकाशित

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मङ्गलवार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

यो सङ्ख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।

दाहाल सत्तारुढ दलहरूको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

प्रतिक्रिया