नेतन्याहुले इजरायलले रफाहको आक्रमण अगाडि बढ्ने बताए , बाइडेनको आलोचनालाई जवाफ दिने

इनेप्लिज २०८० फागुन २८ गते १०:४४ मा प्रकाशित
This image has an empty alt attribute; its file name is netanyahu-900x664-1.jpg

इजरायलका प्रधान मन्त्रि नेतन्याहुले इजरायलले रफाहको आक्रमण अगाडि बढ्ने र अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचनालाई जवाफ दिने बताएका छन् ।

बाइडेनले गत शनिबार प्रसारित भएको एमएसएनबिसीसँगको एक अन्तर्वार्तामा आफ्नो टिप्पणीमा नेतान्याहूले गाजामा “लिएका कारबाहीहरूको परिणाम स्वरुप निर्दोषहरुले जीवन गुमाउनेमा बढी ध्यान दिनु पर्छ” भने पछि नेतन्याहुले प्रतिक्रिया दिएका हुन् । मलाई ठ्याक्कै थाहा छैन राष्ट्रपति बाइडेनले के भन्न खोजेको हो भन्दै नेतन्याहुले जर्मन संचार माध्यमसँगको अन्तर्वार्तामा आक्रोस पोखे ।

नेतन्याहुले दक्षिणी गाजा शहर रफाहमा आक्रमण हुने र अघि बढ्ने बताए । “हामी त्यहाँ जान्छौं। हामी गाजा छोड्ने छैनौं, ”नेतन्याहुले आइतवार जर्मन एक्सेल स्प्रिंगरसँगको अन्तर्वार्तामा भने। उनले फेरी अक्टोबर ७ नदोहोरिओस भन्दै आफूलाई आफ्नो सीमा बारे थाहा भएको बताए ।

नेतन्याहुले यो कारवाही दुई महिनाभन्दा बढी समय नलाग्ने बताए तर समयसीमा बारेमा विस्तृत जानकारी नदिएको सिएनएनले उल्लेख गरेको छ

प्रतिक्रिया