गर्मी मौषमको तुलनामा दशैं र तिहारको समयमा अमेरिकाबाट नेपाल जान हवाई जहाज भाडा दर कम पर्ने

इनेप्लिज २०८० फागुन २६ गते १४:५८ मा प्रकाशित

२०२४ को ग्रीष्म मौषम अर्थात् गर्मीको समयको तुलनामा २०८१ को दशैं र तिहारको समयमा अमेरिकाबाट नेपाल आवत जावत गर्न हवाई जहाज भाडा दर कम पर्ने भएको छ ।

जेन ट्राभल्सका अनुसार दशैं र तिहारको टिकट किन्न गर्मीको समयमा यात्रा गर्नुभन्दा दशैँ तिहारको समयमा यात्रा गर्दा नेपाली समुदायलाई अझ लाभ हुने जनाएको छ ।

सेप्टेम्बर र अक्टोबर २०२४ मा हुने चाडपर्वहरूमा नेपाल भ्रमण गर्दा कर सहित ११५० देखि १८०० डलर बीच हवाई भाडा पर्नेछ । यो आउदो ग्रीष्म महिना अर्थात् गर्मी महिनाहरूको तुलनामा धेरै सस्तो पर्नेछ ।

गर्मी महिनामा नेपाल आवत जावत गर्न भाडा दर १,४५० देखि कर सहित २,३०० डलर सम्म वृद्धि हुन् सक्ने जेन ट्राभल्सले जनाएको छ । जेन ट्राभल्सले सबै नेपाली समुदायलाई यी अधिक किफायती भाडाहरूबाट लाभ उठाउन आग्रह गर्दै यात्रुहरूलाई चाडै उडानहरू आरक्षित (बुक)गर्न समेत बुक गर्न प्रोत्साहित गरेको छ ।

साथै चाडपर्वको मिति नजिकिँदै गर्दा मूल्यहरू बढ्ने भएकोले समयमै आफ्नो टिकटहरु सुरक्षित गर्न समेत आह्वान गरिएको छ । थप विवरणहरूको लागि तथा आरक्षण गर्न Zen Travels मा (202) 552-1508 मा सिधै २४ सै घण्टा सम्पर्क गर्न सकिने छ । त्यस्तै [email protected] मा इमेल (बिधुतिय डाक )अथवा न्यूयोर्कको 37-68 74th Street, Jackson Heights, NY, 11372 मा कार्यालयमा गै टिकट लिन सकिने छ ।

नेपालमा सेवा प्रदान गर्ने बिमानसेवा(एयरलाइन्स)मा हाल कतार एयरवेज, एयर इन्डिया, कोरियन एयर, इमिरेट्स, डेल्टा एयरलाइन्स, क्याथे प्यासिफिक र टर्किस एयरलाइन्स रहेका छन् । यात्रीहरु जुनसुकै बिमान मार्फत यात्रा गर्न सक्नु हुनेछ ।

यस पटक दशैँ अक्टोबर ३ अर्थात् आश्विन १७ बिहिबार परेको छ । त्यस्तै फूलपाती १० अक्टोबर (२४ आश्विन ),महाअष्टमी /महानवमी ११ अक्टोबर (आश्विन २५ ),विजया दशमी अक्टोबर १२ शनिबार (आश्विन २६ ) र पूर्णिमा अक्टोबर ७ अर्थात् कार्तिक १ परेको छ ।

त्यसैगरी काग तिहार अक्टोबर ३० (कार्तिक १४),लक्ष्मी पूजा अक्टोबर ३१ (कार्तिक १५ ),गाई तिहार नोभेम्बर १ (कार्तिक १६ ),गोबर्धन पूजा नोभेम्बर २ (कार्तिक १८ ),भाई टीका नोभेम्बर ३ (कार्तिक १८ )तथा छठ पूजा नोभेम्बर ७ (कार्तिक २२ )का दिन परेको छ ।

सन् २००६ मा स्थापित जेन ट्राभल्सले नेपाली समुदायलाई सस्तो र भरपर्दो यात्रा सेवाहरू उपलब्ध गराउन आफूलाई पूर्ण रुपमा समर्पण गरेको छ।

जेन ट्राभल्स सम्बन्धी बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :

https://zentravels.com/

प्रतिक्रिया