फ्रान्सेली सशस्त्र सेनाद्वारा एडेनको खाडीमा ४ लडाकू मानवरहित यान (ड्रोन) नष्ट

इनेप्लिज २०८० फागुन २६ गते १४:०० मा प्रकाशित

फ्रान्सेली सशस्त्र सेनाले एडेनको खाडीमा ४ लडाकू मानवरहित यान (ड्रोन) नष्ट गरेको छ ।

फ्रान्सेली सशस्त्र सेनाले शनिबार बिहान युरोपेली युनियन नौसेना कारवाही तर्फ गइरहेको अडेनको खाडीमा चार लडाकू मानवरहित यन (ड्रोन)हरू नष्ट गरेको छ । फ्रान्सेली सशस्त्र सेना मन्त्रालयले यस कदमलाई “आत्म-रक्षा” को संज्ञा दिएको छ ।

सशस्त्र बल मन्त्रालयको एक विज्ञप्ति अनुसार एक युद्ध-पोतले लाल सागर र हिन्द महासागरमा व्यावसायिक जहाजहरूको सुरक्षा गर्न युरोपेली सैन्य कारवाही खाडीमा गस्ती गरिरहेको थियो। युद्ध-पोतले चारवटा लडाकू मानवरहित यानहरू पत्ता लगाए जुन “रणनीतिक उडान” मा यसतर्फ अघि बढिरहेका थिए र तिनीहरूलाई आत्मरक्षाको लागि नष्ट गर्‍यो, विज्ञप्तिमा भनिएको छ।

फ्रान्सेली मन्त्रालयले “रक्षात्मक कार्यले पोतभार (कार्गो) जहाजको सुरक्षामा प्रत्यक्ष रूपमा योगदान पुर्‍याएको बताएको छ । गत बुधबार आक्रमण भएको थियो, जसमा कम्तिमा ३ चालक दलका सदस्यहरू मारिएका थिए र चार जना घाइते भएका थिए।

मन्त्रालयलका अनुसार “आफ्ना सहयोगीहरूसँग फ्रान्सेली सशस्त्र सेनाहरूले सुएज नहरदेखि स्ट्रेट अफ हर्मुज(अर्थात् जलडमरु अर्थात् साँगुरो समुन्द्री मार्ग )सम्म समुद्री सुरक्षामा योगदान दिइरहेका छन्, र ,नौ परिवहन (नेभिगेसन)को स्वतन्त्रताको रक्षामा भाग लिइरहेका छन्,”

प्रतिक्रिया