अमेरिकी सेनाद्वारा हुथी बिद्रोहीका १५ वटा मानवरहित यान खसाए ,हुथी बिद्रोहीले अमेरिकी युद्धपोतमा निशाना बनाएको दावी

इनेप्लिज २०८० फागुन २६ गते ११:५९ मा प्रकाशित

अमेरिकी सेनाले १५ वटा मानवरहित यान खसाए पछि हुथी बिद्रोहीले पनि अमेरिकी युद्धपोतमा निशाना बनाएको दावी गरेका छन् ।

यमनका हुथीहरूले लाल सागर र एडेनको खाडीमा अमेरिकी युद्ध विध्वंसकहरूको ‘सङ्ख्या’ लाई निशाना बनाएको बताएका छन्। यमनका इरान समर्थित हुथीहरूले अमेरिकी युद्ध विध्वंसकहरूलाई लाल सागर र एडेनको खाडीमा मानवरहित यान (ड्रोन)हरूद्वारा निशाना बनाएको समूहका सैन्य प्रवक्ता याह्या सारीले बताए ।

“आक्रमण बन्द नभएसम्म र गाजा भूभागमा प्यालेस्टिनी जनतामाथिको घेराबन्दी नहटाएसम्म हुथीहरूले लाल सागर र अरब सागरमा आफ्नो सैन्य कारबाही जारी राख्नेछन्,” सारीले भने । अमेरिकी सेन्ट्रल कमाण्डले यसअघि शनिबार बिहानै लाल सागर र अडेनको खाडीमा हुथी विद्रोहीद्वारा प्रक्षेपण गरेका १५ ड्रोन(मानव रहित यान ) लाई अमेरिकी सेनाले खसालेको बताएको थियो।

साथै अमेरिकी केन्द्रिय कमाण्डका अनुसार हुथीहरूले यमनबाट एडेनको खाडीमा सिंगापुरको स्वामित्वमा रहेको एम/भी जहाजमा शुक्रबार दुईवटा क्षेप्यास्त्र हरू प्रहार गरेक थिए । तर क्षेप्यास्त्रहरूले जहाजमा हानी नगरेको र कसैलाई कुनै चोटपटक नलागेको समाचार सिएनएनले लेखेको छ ।

यो लाल सागरमा जारी आक्रमणमा हुथी समूहद्वारा पहिलो घातक हमला पछि यो आक्रमण आएको हो । एडेनको खाडीमा गत बुधबार हुथी प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)ले बार्बाडोस-झण्डा भएको, लाइबेरियाको जहाजमा प्रहार गरेपछि कम्तीमा तीन चालक दलका सदस्यहरू मारिएका र चार जना घाइते भएका थिए ।

प्रतिक्रिया