अमेरिकी सिनेटद्वारा मध्यरातको समयसीमा अघि आंशिक सरकार बन्द हुनबाट रोक्न ६ वटा कोष विधेयक पारित

इनेप्लिज २०८० फागुन २६ गते २:२५ मा प्रकाशित

अमेरिकी सिनेटले मध्यरातको समयसीमा अघि आंशिक सरकार बन्द हुनबाट रोक्न ६ वटा कोष विधेयक पारित गरेको छ ।

विधेयकहरू अब कानूनमा हस्ताक्षर गर्न राष्ट्रपति जो बाइडेनलाई पठाईने छ । शुक्रबार राति सिनेटमा भएको मतदानले मध्यरातमा आंशिक सरकारी बन्दलाई रोकेको छ । यसले निकास निकालेको छ । अर्थात् सरकार बालबाल बचेको छ ।

सिनेटले सेप्टेम्बरको अन्त्यसम्ममा उनीहरूद्वारा नियन्त्रित कार्यक्रमहरू राख्ने छ वटा कोष बिधेयक सम्पुष्टि (प्याकेज)पारित गर्न ७५ जनाले हुन्छ भन्ने पक्षमा र २२ जनाले हुदैन भन्ने पक्षमा मतदान गरेका थिए । आज मतदान हुँदा ७५-२२ मत परेको थियो ।

विधेयकहरू अब कानूनमा हस्ताक्षर गर्न राष्ट्रपति जो बाइडेनलाई पठाईने छ । आज राती, सिनेटले पहिलो छ कोष बिधेयकहरूमा बन्द नगर्ने सहमतिमा पुगेको छ,”सिनेट बहुमत नेता चक शुमरले सामाजिक संजालमा भने ।

सिनेटले विचार गरेको विधेयकका सबै संशोधनहरू असफल भएका छन् । सिनेटको मतदान आंशिक बन्दलाई रोक्नको लागि मध्यरातको म्याद भन्दा केही घण्टा अघि आएको छ । अमेरिकी प्रतिनिधि सभा अर्थात् तल्लो सदनले गत बुधबार दिउँसो ६ वटा सरकारी कोष विधेयकको सम्पुष्टि (प्याकेज )सहजै ३३९–८५ मतले पारित गरेको थियो ।

सदन र सिनेट द्विदलीय नेताहरूले आइतवार संयुक्त रूपमा छवटा सम्झौता कोष बिलहरू अनावरण गरे, धेरै महिनाको पर्दा पछाडिको बहस पछि यी

४६७.५ बिलियन विनियोजन सम्पुष्टि (प्याकेज)ले कृषि, वाणिज्य, न्याय, उर्जा, आन्तरिक, पूर्व सैनिक मामला ,यातायात, आवास र शहरी विकासका साथै खाद्य र औषधि प्रशासन, सैन्य निर्माण र अन्य संघीय कार्यक्रमहरूका लागि कोष प्रदान गर्दछ।

प्रतिक्रिया