फ्रान्समा खोपडीदेखि पुच्छरसम्म जोडिएको ७ करोड वर्ष पुरानो विशाल डायनासोरको कंकाल भेटियो

इनेप्लिज २०८० फागुन २५ गते १:२७ मा प्रकाशित
This image has an empty alt attribute; its file name is ste-900x675.jpg

दक्षिणी फ्रान्समा एक दुर्लभ र लगभग पूर्ण डायनासोर कंकालको पछाडिको खोपडीबाट यसको पुच्छरमा जोडिएको फेला परेको छ।

यो विशाल जीवावशेष मे २०२२ मा प्रकाशमा आएको थियो । २५ वर्षीय सौखिन जीवाश्मबिज्ञ (एमेच्योर पेलेओन्टोलोजिस्ट )डेमियन बोशेटो र उनको कुकुर फ्रान्सको मोन्टौलियर्सको जंगलमा हिंड्दा असामान्य कुरामा ठोक्किएपछि यसको खोज प्रारम्भ भएको हो ।

उनले एउटा चट्टानको किनारा देखेका थिए जुन हालै भत्किएको थियो । उनले त्यहा नजिक गएर हेर्ने निर्णय गरे। जब उनले एक खुला हड्डी जमिनमा टाँसिएको देखेका थिए ।

क्रुजी संग्रहालयमा पुरातात्विक र जीवाश्मिकीय संस्कृतिक संघ (प्यालेन्टोलोजिकल कल्चरल एसोसिएसन)ले फ्रान्सेली बैज्ञानिक अनुसन्धान केन्द्रसँगको सहकार्यमा लगभग १० मिटर लामो (३२.८ फिट लामो) जीवाश्मलाई उत्खनन गर्दा जातको टाइटानोसर कंकालको रूपमा पहिचान गर्‍यो।

आठ वर्षदेखि संघका सदस्य रहेका बोस्केटोले सिएनएनलाई भने ,डायनासोरको अवशेष पत्ता लगाउनु वैज्ञानिक अनुसन्धान र त्यस समयको जीव परिवृति पद्धति (इकोसिस्टम)को बुझाइका लागि सधैं रोमाञ्चक र चाखलाग्दो हुन्छ।

तस्बिर कृतज्ञता सामाजिक संजाल : स्टेफ्यानो स्कारडिसिया

प्रतिक्रिया