क्यानडामा एक १९ वर्षीय श्रीलंकाली नागरिकलाई ४ बालबालिकासहित ६ जनाको हत्या गरेको आरोपमा पक्राउ

इनेप्लिज २०८० फागुन २४ गते २३:५० मा प्रकाशित

क्यानडामा एक १९ वर्षीय श्रीलंकाली नागरिकलाई ४ बालबालिकासहित ६ जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

क्यानडाको ओटावामा एक १९ वर्षीय श्रीलंकाली नागरिकलाई ४ बालबालिकासहित ६ जनाको हत्या गरेको आरोपमा पक्राउ गरी अभियोग लगाइएको , ओटावा प्रहरी बिभागले बिहीबार एक पत्रकार सम्मेलनमा बताएको छ ।

क्यानडामा पढ्दै गरेको विश्वास गरिएको फ्रान्क डिसुजालाई छ वटा प्रथम श्रेणीको हत्या र एउटा हत्या प्रयासको आरोप लगाइएको ओटावा प्रहरीले जनाएको छ।

स्थानीय समय अनुसार बुधबार गत राति ११ बजे ओटावा प्रहरीलाई अपराध स्थलमा बोलाइको थियो । प्रहरी जव घटनास्थलमा आई पुगे अधिकारीहरूले तुरुन्तै शंकास्पद व्यक्तिलाई कुनै घटना बिना नै पहिचान गरे र पक्राउ गरेको ओटावाका उप प्रहरी प्रमुख ट्रिश फर्ग्युसनले बिहीबारको पत्रकार सम्मेलनमा भनिन ।

प्रहरीले डिसुजालाई पक्राउ गरेपछि उनीहरू घरभित्र पसे, जहाँ उनीहरूले ६ जना मृतक भेटे । जसमध्ये सबै भन्दा कान्छो ३ महिनाभन्दा कम उमेरका थिए ।

“परिवार क्यानाडामा नयाँ आएका थिए र मूल रूपमा श्रीलंकाका हुन्,” फर्ग्युसनले बताइन ।

मृत्यु हुनेमा ३५ महिला र ४० वर्षीय पुरुष ,७ बर्षीय बालिका इनुका विक्रमासिङ्घे,४ वर्षीया अश्विनी विक्रमासिङ्घे, २ बर्षिय रिन्याना विक्रमासिङ्घे र २ महिनाकी केली विक्रमासिङ्घे रहेको प्रहरीले जनाएको छ ।

अपराधको कारण अझै पत्ता नलागेको र प्रहरीहरु अनुसन्धानको केन्द्रबिन्दु रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया