गाजा युद्धविराम वार्ता रमादन सम्म कुनै सम्झौता नहुने सम्भावना रहेको र वार्ता अझै अड्किएको अवस्थामा रहेको सिएनएनले जनाएको छ ।
वार्तासँग परिचित स्रोतहरूका अनुसार गाजामा युद्धबिरामको प्रयास जारी तर रमादन सम्म कुनै सम्झौताको नहुने सम्भावना रहेको बताए ।
वार्ताकारहरूले काइरोमा बसेको बैठक पछि यस हप्ता सम्झौताको मस्यौदा हुने आशा गरेका थिए ।
दुई अमेरिकी अधिकारीहरूका अनुसार इजरायल र हमासले अर्को हप्ताको सुरुमा मुसलमानहरुको पवित्र महिनाको शुरुवातमा अस्थायी युद्धविरामको लागि सहमत हुने सम्भावनाहरू आशाजनक नभएको बताएका छन् ।
“आशाहरु हराउँदैछ,” एक अमेरिकी अधिकारीले भने।
इजरायलले गाजामा बन्दी बनाइएका इजरायलीहरू रमादानमा घर नआएमा उनीहरूले दक्षिणी गाजाको रफाहमा सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् । जहाँ लगभग १५ लाख लाख प्यालेस्टाइनीहरूले लडाईबाट सुरक्षा खोज्ने प्रयास गरिरहेका छन्।
इजिप्टका एक वरिष्ठ अधिकारीले एबीसी न्यूजलाई हमासको प्रतिनिधिमण्डल कायरो छाडेको र यसबाट युद्धविराम वार्ता समाप्त भएको र सोमबार रमादन सुरु हुनुअघि हिंसामा विराम हुने सम्भावना नरहेको बताएका छन्।
प्रतिक्रिया