” मोना अमेरिका ” को बधाई ज्ञापन

इनेप्लिज २०८० फागुन २४ गते १:१६ मा प्रकाशित

ईनेप्लीज
मार्च ६ , २०२४

वाशिंगटन डिसी – संसारका २९ मुलुकमा शाखाहरु भएको संस्था म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संजाल ” मोना ” को अमेरिका शाखा ” मोना अमेरिका ” ले नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ” ईन्जा ” को केन्द्रिय कार्यसमितीमा चुनिएका खेम भट्टचनलाई बधाई दिएको छ।

जापानको राजधानी टोकियोमा ३ दिन सम्म चलेको – नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ” ईन्जा ” को महाधिबेशनको अन्तिम दिन मार्च १ मा घोषणा गरिएको ” ईन्जा ” को नयाँ केन्द्रिय कार्यसमितीमा म्याग्दीका खेम भट्टचन चुनिएका हुन्। आफ्नो जिल्ला म्याग्दीका भट्टचन ” ईन्जा ” जस्तो नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संस्थामा निर्बाचित भएको खबरले खुशी ब्यक्त गर्दै ” मोना अमेरिका ” का अध्यक्ष सुबाश भण्डारीले एक प्रेश बक्तब्य प्रकाशित गर्दै बधाई दिएका हुन् ।

नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ” ईन्जा ” को एसिया शाखा , युरोप शाखा , अफ्रिका शाखा छ र महादेश-स्तरिय उक्त शाखाहरुको केन्द्रिय कार्यसमितीमा भट्टचन चुनिएका हुन् ।

अध्यक्षमा गुणराज लुईंटेल र कान्तिपुरका पहिलो प्रधान-सम्पादक योगेश ऊपाध्याय सल्लाहकारमा चुनिएका छन् । ” ईन्जा ” को संमेलन जापानका लागी नेपाली राजदुतले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया