रवि लामिछाने उपप्रधान तथा गृह मन्त्रि , १८ सदस्यीय मन्त्रिपरिषद् गठन

इनेप्लिज २०८० फागुन २३ गते ११:३२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृह मन्त्रि पाउने भएका छन भने केही समयमै सपथ ग्रहण लिने छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने गरी कार्यविभाजन भएको छ ।

१४ जना मन्त्रीको आजै अपराह्न ५:४५ बजे शपथ हुने तय भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन् । यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ । जसमा गिरीले यसअघि नै शपथ लिइसकेका छन् ।

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् ।

श्रोत : रातो पाटी

प्रतिक्रिया