इजरायली आक्रमणबाट २४ घण्टामा ९७ जनाको मृत्यु , १२३ जना घाइते

इनेप्लिज २०८० फागुन २२ गते १२:२६ मा प्रकाशित

इजरायली आक्रमणमा २४ घण्टामा ९७ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजामा इजरायली आक्रमणमा गत २४ घण्टामा कम्तिमा ९७ जनाको ज्यान गएको छ र १२३ जना घाइते भएका छन्। गाजा स्वास्थ्य मन्त्रालयले मंगलबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै अक्टोबर ७ यता मारिएका प्यालेस्टाइनीको कुल संख्या ३०,६३१ पुगेको छ।

इजरायलको सैन्य अभियानले गाजामा ७२,०४३ प्यालेस्टाइनीहरूलाई हमासको नेतृत्वमा अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेदेखि यता घाईते भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मारिएका मध्ये केही भग्नावशेषमुनि दबिएका छन्।

प्रतिक्रिया