हेटीमा ३,५०० कैदीहरु कारागारबाट भागेपछि आपतकाल घोषणा

इनेप्लिज २०८० फागुन २१ गते ११:२४ मा प्रकाशित

हेटीमा ठूलो संख्यामा कारागारबाट कैदी भागेपछि सरकारले आपतकाल घोषणा गरेको छ ।

क्यारिबियन राष्ट्रमा महिनौंदेखि गिरोह हिंसाको बृद्धिसंगै हजारौं कैदीहरू सबैभन्दा ठूलो कारागार(जेल)बाट भागेपछि हेटीको सरकारले आइतवार आपतकालिन अवस्थाको घोषणा गरेको हो ।

कार्यवाहक प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका अर्थमन्त्री प्याट्रिक बोइभर्टको दिएको बयान अनुसार राजधानी पोर्ट-ओ-प्रिन्समा विशेष गरी “सुरक्षाको स्थिति बिग्रिएको” र “सशस्त्र गिरोहहरूले बढ्दो हिंसात्मक आपराधिक कार्यहरू” बढेको छ ।

नागरिकहरूको अपहरण र हत्या, महिला र बालबालिकाहरू विरुद्ध हिंसा र लुटपाट वृद्धि भएको उनले बताए ।

शनिबार देशका दुई ठूला कारागारहरु एउटा पोर्ट-ओ-प्रिन्स र अर्को क्रोइक्स डेस बुकेट्स विरुद्ध सशस्त्र समूहहरूले गरेको आक्रमण भएका थिए ।

“खतरनाक कैदीहरू” भाग्न सफल भएका छन् भने कारागारमा मृत्यु र चोटपटक निम्त्याएको सिएनएनले जनाएको छ ।

संयुक्त राष्ट्र संघको एक स्रोतले दिएको जानकारी अनुसार आइतवार सप्ताहन्तमा लगभग ३,५०० कैदीहरू पोर्ट-औ-प्रिन्सस्थित कारागारहरुबाट भागेको विश्वास गरिएको छ।

कारागारमा ३ हजार ६ सय ८७ कैदी रहेको स्रोतले जनाएको छ । हेटीमा संयुक्त राष्ट्र मिशनले जेलहरूमा कैदी जनसंख्या र मानवीय अवस्थाहरूको अभिलेख राख्दछ ।

हेटीका वकिल अर्नेल रेमीका अनुसार ३,५९७ कैदीहरू राष्ट्रिय कारागारहरुबाट भागेका छन् । बाँकी कैदीहरूलाई अन्य सुविधाहरूमा सारिएको छ ।

प्रतिक्रिया