गठबन्धनमा हेरफेर हुने, एमाले र माओवादीबीच मिलेर जानेसहमति

बेद प्रसाद घिमिरे २०८० फागुन २१ गते ३:०७ मा प्रकाशित

कांग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धनमा हेरफेर हुने भएको छ । कांग्रेससँग रुष्ट भएको माओवादी केन्द्रले एमालेलाई साथ लिएर नयाँ गठबन्धन बनाउने भएको छ । त्यसका लागि नेताहरू निरन्तर छलफलमा जुटेका छन् । आइतबार राति भएका छलफलमा एमाले र माओवादी केन्द्रबीच मिलेर जाने सहमति भएको छ । टीआरसी विधेयक टुंगो लगाउने र राष्ट्रियसभा अध्यक्षमा पनि सहमति गरेर जान एमाले र माओवादी केन्द्रबीच सहमति भएको छ । दुई प्रमुख दलवीच भएको मोटामोटी सहमतिमा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी भएका छन् ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सत्ता गठबन्धनमा सहभागी हुने छैन । उता, एमालेले एकीकृत समाजवादीलाई पनि गठबन्धनमा ल्याउन मानिरहेको छैन । एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरू माओवादी केन्द्रसँग छलफलमा रहेका छन् । माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुनलगायतका नेताहरू उक्त छलफलमा सहभागी भएका छन् । त्यसैगरी, हिजो रातिको छलफलमा भने रवि लामिछाने र उपेन्द्र यादव पनि सहभागी थिए । तर, उक्त छलफलमा माधव नेपालको पार्टीको तर्फबाट भने छलफलमा बोलाइएको थिएन । प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई पनि साथै लैजान प्रसास गरे पनि ओली सहमत भइसकेका छैनन् मध्यरातिसम्मको विकसित घटनाक्रमबारे एमाले अध्यक्ष ‌ओलीले सचिवालय बैठकमा जानकारी गराउँदै छन् । त्यसपछि नयाँ घटनाक्रमबारे बाहिर आउनेछ । अहिले बिहान माओवादी, एमाले, जसपा, रास्वपालगायतका सबै दलका नेताहरू आन्तरिक छलफल र बैठक बस्दै।

प्रतिक्रिया