अनुजाको अन्तिम बिदाइमा सहभागी बन्ने प्रयास गरौँ !

इनेप्लिज २०८० फागुन २० गते १९:३७ मा प्रकाशित

स्वर्गीय अनुजा शाही प्रति हार्दिक श्रद्धाञ्जली !

पाल्पाको तानसेन नगरका पूर्व मेयर, मेरा घनिष्ठ मित्र अशोक शाही र भाउजू सुमित्रा शाहीकी ३० बर्सिय सुपुत्री अनुजा शाही गम्भीर रूपमा बिरामी परी अमेरिकाको भर्जिनिया स्थित INOVA HOSPITAL, 3300 GALLOWS RD. FALLS CHURCH VA 22042 को Cardiac Intensive Care Unit (CiCU) उपचार गर्दा गर्दै निधन भएको दुःखद खबर सम्प्रेषण गर्नु पर्दा म स्तब्ध भएको छु । डाक्टर, नर्सहरूले अनुजालाई बँचाउन कुनै कसर बाँकी राखेनन् तर पनि उनलाई बँचाउन सकिएन । ऊपचार गरेर पनि निको नहुने भए पछि आज बिहान ११ बजेर १८ मिनेट जाँदा अस्पतालमा, अस्पताल टिम, पारिबारिक र हामी साथीभाइको सरसल्लाह बमोजिम भेन्टिलेटर र ऊपचार बिधी बाट जब उपचारमा सँलग्न डाक्टर र नर्सको टिमले अनुजालाई अलग गर्ने निर्णय भयो । त्यसको लगत्तै बढीमा ४-५ मिनेट भित्रै हाम्रा आँखा अगाडी अनुजाले प्राण त्याग गरिन र स्वर्ग तर्फ प्रस्थान गरिन । यो प्रत्यक्ष देखेका मेरा आँखा र त्यो मृत्‍यु देखेको म मृत्‍युको बर्णन गर्न असमर्थ छु माफ गर्नुहोला । स्वर्गीय छोरी अनुजा प्रति हार्दिक श्रद्धाञ्जली, तिम्रो स्वर्गमा बास होस छोरी । शोक सन्तप्त मेरा मित्र अशोकजी, सुमित्रा भाउजू सहित समस्त परिवारजन, आफन्तजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

  • रामप्रसाद खनाल एवम् समस्त खनाल परिवार

अनुजाको अन्तिम बिदाइमा सहभागी बन्ने प्रयास गरौँ !

वासिङ्टन डिसी मेट्रो एरियामा रहनुभएका पाल्पा र आसपासका मित्रहरू, पाल्पाको तानसेन नगरका पूर्व मेयर, मेरा घनिष्ठ मित्र अशोक शाही र भाउजू सुमित्रा शाहीकी सुपुत्री अनुजा शाहीको उपचार गर्दा गर्दै कलिलो उमेरमै दुःखद निधन भएको खबर मैले माथि नै सम्प्रेषण गरिसकेको छु । सम्बद्ध सबै मित्रहरूलाई अशोकजीको अनुरोधमा म यसै सूचना मार्पहत सूचित गर्न चाहन्छु कि अनुजाको अन्तिम दाह संस्कार आगामी मार्च ४ तारिख सोमबार बिहान ९ बजे Funeral Choices Of Chantilly, Address: 14522 L Lee Rd Chantilly, VA 20151 मा हाम्रो हिन्दु धर्म र परम्परा अनुसार गर्ने तय गरेका छौँ । वासिङ्टन डिसी मेट्रो एरिया आसपास रहनुभएका मित्रहरू सके सम्म अनुजाको अन्तिम बिदाइमा सहभागी हुने प्रयास गर्नुहोला ।

Contact: Sudhir Singh – 703-853-7360

साथीभाइ र आफन्त सुख पर्दा मात्र होइन दुःख पिडाको घडीमा अझ बढी जरुरी हुन्छ मलाई त्यस्तो लाग्छ, त्यस कारण खबर गर्दै छु ।
नोट: यस अघि गरिएको पोस्टमा अस्पतालको बेडको फोटो भएर हो वा के हो फेसबुकले गाइडलाइन्स बिपरित भएको भनि नोटिफिकेशन पठाएकोले फोटो र पोस्ट परिवर्तन गरिएको सुचित गर्दछु ।

प्रतिक्रिया