न्यूयोर्क लङ आइल्याण्डको एक उद्यानमा २ जनाको शवका टुक्रा भेटिए

इनेप्लिज २०८० फागुन १९ गते २३:५० मा प्रकाशित

न्यूयोर्कको लङ आइल्याण्डको एक उद्यानमा २ जनाको शवका टुक्रा भेटिएको प्रहरीले जनाएको छ । एबिसीन्यूजका अनुसार काटिएका शरीरका अंगहरूमा मा टाउको, हात र खुट्टा भेटिएका छन् ।

प्रहरीका अनुसार एक किशोरीले गत बिहीबार लङ आइल्याण्डमा एक डरलाग्दो अपराध स्थलमा ठक्कर खाए पछि उनले आफ्नो बुवालाई खबर गरेकी थिइन् ।

उनका बुवाले प्रहरीलाई खबर गरे पछि प्रहरीले त्यहाँ एउटा काटिएको अंगको खोजीसँगै शरीरका थप अंगहरू फेला पारेको थियो ।

बिहीबार बिहान ८:४० बजे बिद्यालय जाँदै गरेकी एक विद्यार्थीले न्यूयोर्कको साउथर्ड्स पोखरीको उद्यान पूर्वी छेउमा पहिलो बायाँ हात फेला परेकी थिइन् ।

एक पुरुष र एक महिलाको टुक्रा टुक्रा शरीरका अंगहरू फेला परेपछि सफफोकका प्रहरी अधिकारीहरूले उक्त क्षेत्रमा खोजी कार्य पूरा गरेको घोषणा गरेका छन् ।

सफोक काउन्टीले मृतक दुई व्यक्तिहरुको पहिचान गर्ने प्रयास गरिरहेको छ। काउन्टीको चिकित्सक परीक्षकले गत शुक्रबार फेब्रुअरी २९ मा साउथर्ड्स पोन्ड पार्क( उद्यान)को पश्चिमी भागमा सफोक काउन्टी प्रहरी क्यानाइन शाखाको कुकुरले फेला पारेको टाउको, दाहिने हात, घुँडा तल बायाँ खुट्टा र दाहिने माथिल्लो खुट्टा भेटिएको घोषणा गरेको थियो । जुन वयस्क महिलाको हो।

एउटा खुट्टा निकुञ्जको पश्चिमी भागमा रहेको पातको ढिस्कोमा फेला परेको थियो। उद्यानको पूर्वी किनारमा फेला परेका अवशेषहरू पुरुषको जस्तो देखिन्छ।

पुरुषको दुवै हातमा कलान्यास (ट्याटु )कोरिएको र महिलाको हातमा कलान्यास (ट्याटु )नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया