रुसमा दोहोरो अमेरिकी-रूसी नागरिक भएकी महिला पक्राउ परेकी छिन भने उनको अपिल अस्विकार गरिएको छ ।
रुस साइबेरियाको एक अदालतले बिहीबार देशद्रोहको आरोपमा उनको हिरासतमा पुनरावेदन गर्न श्रब्यदृश्य (भिडियो )मार्फत आएकी दोहोरो अमेरिकी-रूसी नागरिक केसेनिया करेलिनाको अपील अस्वीकार गरेको छ ।
३३ वर्षीया क्यारेलिनालाई गत जनवरी २७ मा पक्राउ गरिएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएको छ । क्षेत्रीय अदालतले बिहीबार रूसको येकातेरिनबर्गको कारागारमा उनको पूर्व-परीक्षण हिरासतलाई अप्रिल ६ सम्म लम्ब्याएको छ।
क्यालिफोर्नियामा बस्ने पूर्व ब्यालेरिना, क्यारेलिनासँग अमेरिकी र रुसी दुवैको नागरिकता छ। उनलाई युक्रेनको सेनाका लागि कोष सङ्कलन गर्ने, युक्रेन समर्थक जुलुस (र्याली)मा भाग लिने र युक्रेनमा रुसको युद्धको विरुद्धमा सन्देशहरू प्रकाशन (पोस्ट )गरेको आरोपमा कारागार राखिएको रुसी सरकारी संचार माध्यमले जनएका छन् ।
एक अमेरिकी अधिकारीका अनुसार मस्कोमा अमेरिकी दूतावासका कूटनीतिज्ञहरूले थप जान्न र क्यारेलिनामा पहुँच प्राप्त गर्न काम गरिरहेका छन् ।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले गत हप्ता अमेरिकी राहदानी धारकहरूलाई रुसबाट “तुरुन्तै प्रस्थान” गर्न आग्रह गरेका छन् ।
तपाईहरुसंग दोहोरो नागरिक छ र रुसमा बसोबास गर्दै हुनुहुन्छ वा यात्रा गर्दै हुनुहुन्छ भने सक्नुहुन्छ भने रुस अहिले नै छोड्नुपर्छ,” किर्बीले गिरफ्तार पछि भने।
प्रतिक्रिया