टेक्ससको इतिहासमा दोस्रो ठूलो आगलागी,सयौं घरहरू ध्वस्त र हजारौं गाईवस्तुहरू मारिए

इनेप्लिज २०८० फागुन १७ गते ११:३६ मा प्रकाशित

टेक्ससको इतिहासमा दोस्रो ठूलो आगलागी भएको छ । जसको कारण सयौं घरहरू ध्वस्त भएका छन् भने हजारौं गाईवस्तुहरू समेत मारिएको सिएनएनले जनाएको छ । टेक्ससबाट सल्किएको आगो अहिले ओक्लाहोमा पुगेको छ भने त्यहाँ पनि तहसनहस पारेको छ ।

इतिहासको दोस्रो सबैभन्दा ठूलो आगो बिहीबार पनि लागि रहेको छ । कम्तिमा एक व्यक्तिको मृत्यु भएको छ। टेक्सस र ओक्लाहोमामा सोमबार सुरु भएको आगलागी कम्तिमा पनि ९ लाख एकड जमिनमा फैलिएको छ ।

काउन्टी अधिकारीहरूले त्यहाँ जंगलमा लागेको आगोका कारण १ जनाको मृत्यु भएको पुष्टि गरे तर पीडितको बारेमा कुनै जानकारी दिएका छैनन् । सिएनएनका अनुसार बिहीबार पानह्यान्डलका केही क्षेत्रमा हिउँ पर्ने अपेक्षा गरिएको थियो तर आगलागीबाट प्रभावित ठाउँहरूमा भने पूर्वानुमान गरिएको थिएन।

टेक्ससका गभर्नर ग्रेग आबोटले त्यहा ९४ वटा अग्नि नियन्त्रणका कर्मचारीहरू, ३३ वटा बारुण यन्त्र र छ वटा आगो निभाउन हवाई जहाज सहित आगो निभाउन थप राज्य स्रोतहरूलाई अधिकार दिएका छन् ।

ओक्लाहोमा गभर्नर केभिन स्टिटले सामाजिक संजाल एक्समा आपतकालीन प्रतिक्रिया टोलीहरू सक्रिय रहेको बताएका छन । “हामीले राज्यभरको जङ्गलमा लागेको आगलागीलाई नजिकबाट नियाल्ने क्रममा, ओक्लाहोमाहरूको सुरक्षा सर्वोच्च प्राथमिकता हो,” उनले भने। राज्यको आपतकालीन व्यवस्थापनका प्रवक्ताले कम्तिमा १३ घरहरू ध्वस्त भएको उनले सिएनएनलाई बताए।

प्रतिक्रिया