हामी नेपाली ग्लोबल तथा अमेरिकाले ११४ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै ,प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर

इनेप्लिज २०८० फागुन १७ गते ०:३७ मा प्रकाशित

हामी नेपाली ग्लोबल तथा हामी नेपाली अमेरिकाले ११४ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर रहने भएकी छिन ।

यो दिवस भौतिक रुपमा उपस्थिति नभई भर्चुअल अर्थात् परोक्ष रुपमा मनाइने छ । अर्थात् जुमबाट नारी दिवस मनाइने छ ।

अमेरिकाबाट कार्यक्रम संचालन हुनेछ भने अमेरिका लगायत बिभिन्न देशहरुबाट सहभागिता जनाउने भएका छन ।

आयोजकले दिएको जानकारी अनुसार अमेरिका,नेपाल ,दुबई ,जर्मनी ,पोल्याण्ड ,दक्षिण कोरिया,अस्ट्रेलियामा रहेका सफल महिला नेत्रीहरुको पनि सहभागिता हुनेछ । यो कार्यक्रमको संयोजक सुनिता खत्री रहेकी छिन भने उनले कार्यक्रम संचालन गर्नेछिन । उनि हामी नेपाली अमेरिकाको उपाध्यक्ष पनि हुन् ।

यो कार्यक्रमको आयोजक हामीनेपाली ग्लोबल तथा हामी नेपाली युएसए रहेको छ । ग्लोबलका अध्यक्ष अमृत लामा हुन् भने अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे हुन् ।

नारी दिवस कार्यक्रम आगामी मार्च १ का दिन शुक्रबार बिहान अमेरिकी पूर्वीय समय अनुसार ९ :३० बजे हुनेछ ।

प्रतिक्रिया