अमेरिकाको ओहायोमा नेपाली भाषीले आफ्नै पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

इनेप्लिज २०८० फागुन १६ गते १२:३५ मा प्रकाशित

अमेरिकाको ओहायोमा नेपाली भाषीले आफ्नै पत्नीको हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको छ ।

ओहायो राज्यको क्युयाहोगा फल्स प्रहरीले बेपत्ता भएकी महिला चन्द्रा पौडेल-रिमालको गत मंगलबार बिहान शव फेला पारेको पुष्टि गरेको छ। उनका श्रीमान् ३३ वर्षीय जेम्स रिमाल विरुद्ध हत्या शव दुर्ब्यबहार लगायतका मुद्दा चलिरहेका छन् ।

प्रहरीका अनुसार अधिकारीहरूले केन्टको मिडलबरी सडक १३०० भवन समूहमा बिहान ११ बजेतिर खोजी गरिरहेका थिए । प्रहरीले त्यहाँको एक उद्यान नजिकै जंगलमा ३३ वर्षीया महिलाको शव फेला पारेका थिए।

यसअघि उनि फेब्रुअरी २१ बिहान देखि बेपत्ता रहेको अनुसन्धानकर्ताले बताए । प्रहरीका अनुसार उनका श्रीमानले बिहान करिब ९ बजे उठेपछि उनी गएको प्रहरीलाई खबर गरेका थिए । पौडेल–रिमालको पत्ता लगाउन परिवारको घर खोजी र छिमेकीसँग अन्तरवार्ता लिएको विभागले जनाएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार अस्पतालमा भर्ना भएका जेम्स रिमालको लागि पक्राउ पुर्जी जारी गरिएको थियो । दम्पती र उनीहरूका तीन बच्चाहरू आफ्नो घरमा पाँच वर्ष भन्दा कम समयदेखि बस्दै आएको छिमेकीले प्रहरीले बताएका थिए ।

https://www.cleveland19.com/2024/02/27/missing-cuyahoga-falls-woman-found-dead-husband-charged-with-murder-police-say/?fbclid=IwAR0P7WyseqwQqLldkSMlWtl8IL5cWJ9w-4mZXLro3FD-4cHGGqdcgX1Tjyc

प्रतिक्रिया