अमेरिकामा जन्मिएका र हुर्किएका दोश्रो पुस्ताका बालबालिकालाई धिमे र मादल बजाउन तालिम प्रदान

इनेप्लिज २०८० फागुन १५ गते ०:५८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा अमेरिकाको नेपाली समुदायको इतिहासमै सम्भवत पहिलो पटक अमेरिकामा जन्मिएका , हुर्किएका दोश्रो पुस्ताका बालबालिका र अभिभावक सहितलाई धिमे र मादल बजाउन तालिम दिईएको छ । त्यो पनि सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कार्यक्रमको आयोजना गर्दा समुदाय अत्यन्तै हर्षित भएका छन् ।

आयोजना गरिएको कार्यशालामा कम्तिमा पनि १०० जनाको सहभागिता रहेको थियो । कार्यशालाको आयोजना ल्यायम्ह अमेरिका गुठीले गरेको थियो ।

उक्त कार्यशाला भर्जिनियाको फेयरफ्याक्स स्थित एक पुस्तकालयमा आयोजना गरिएको थियो भने उक्त कार्यक्रम मेरिल्याण्ड,भर्जिनिया र डिसी क्षेत्रका बिभिन्न शहरहरुबाट बालबालिकाहरु आएका थिए । बालबालिकाका अभिभावकहरुले पनि उक्त कार्यशालामा सक्रिय सहभागिता जनाएका थिए ।

कम्तिमा पनि त्यहाँ ४० वटा जति मादल तथा धिमे कम्तिमा पनि १० वटा ल्याईएको थियो । सबैजनाले उत्साहजनक र मनोरंजन गर्दै कार्यशालामा सक्रिय रुपमा सहभागिता जनाएका थिए ।

पुस्कर प्रजापति कार्यशालाका प्रमुख प्रशिक्षक रहेका थिए । उनले करिव अढाई घण्टा सम्म मादल र धिमे सिकाएका थिए । संस्थाका मुख्य समन्वय गर्ने प्रजापतिले नेपाली संस्कृति ,नेपाली भाषा ,कला ,नेपालीहरुको पहिचान ,नेपालका वाद्यवादन लगायत बारेमा दोश्रो पुस्तालाई जानकारी दिदै नेपाली पहिचानको बारेमा प्रकाश पारेका थिए ।

ल्यायम्ह अमेरिका गुठीक सुगन्ध श्रेष्ठले धन्यवाद ज्ञापन दिएका थिए । समिधा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् शिचु मालीले संस्थाको बारेमा परिचय दिएका थिए ।

ल्यायम्ह अमेरिका गुठीमा संलग्न रहेका सदस्यहरुले कार्यशालामा ठूलो भूमिका निर्वाह गरेका थिए । मादल र धिमे बजाउन सिकाउन सहयोग र समन्यवय गर्ने टोलीका सदस्यहरुहरुमा क्रमस अनिश खाशा,दीपिका एस राजभण्डारी,मनि श्रेष्ठ,मनिष महर्जन ,निरन्जन श्रेष्ठ,प्रिन्स प्रजापति ,पुस्कर प्रजापति ,आशिष चक्रधर ,रिंकु गुरुङ शिक्रकार ,सजना महर्जन,शकुन्तला श्रेष्ठ कर्माचार्य ,मनिष श्रेष्ठ ,सुबिन श्रेष्ठ ,वोञ्जला प्रजापति ,सिचु माली,सुगन्ध श्रेष्ठ तथा सुजी डंगोल रहेका थिए ।

यही हुर्किएका येजु श्रेष्ठले मादल र धिमेको बाजा सहित सारंगीमा ३ वटा नेपाली गानामा बेजोड ३ प्रस्तुत गरेका थिए । त्यस्तै मादलमा जनक श्रेष्ठ र धिमेमा पुस्कर प्रजापतिलाई साथ दिएका थिए ।

साथै यही जन्मिएका बालक एडन शिर्खाकारले नेपाली गितमा पियानो प्रस्तुत गरेका थिए । यसमा मनि श्रेष्ठले मादलमा साथ दिएका थिए ।

उक्त कार्यशालामा वोञ्जला प्रजापति तथा लकस प्रजापतिले पनि धिमे प्रस्तुत गरेका थिए ।

आगामी अप्रिल २० मा मनाससमा बिस्का जात्रा आयोजना हुने भएको छ ।

तस्बिर कृतज्ञता : फोटो बैंक स्टुडियो

प्रतिक्रिया