एनआरएन अमेरिका विस्कन्सिन राज्यको म्याडिसनका दोश्रो पुस्ताका नेपालीमाझ जोडिन सफल

इनेप्लिज २०८० फागुन १४ गते ११:१२ मा प्रकाशित

आइतबार, फेब्रुअरी २५, २०२४, म्याडिसन विस्कन्सिन । NRNA NCC USA ले नेपाली अमेरिकन मैत्री संघ म्याडिसन विस्कन्सिनद्वारा संचालित नेपाली पाठशालालाई रकम $१,५०० सहयोग गरेको छ । अमेरिकामा दोश्रो पुस्ताका नेपाली बालबालिकाहरूमाझ नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न गरिएको सो सहयोगको लागि नेपाली अमेरिकन मैत्री संघले हार्दिक आभार प्रकट गरेको छ |

आइतबारको नियमित कक्षा सन्चालन पछिको सानो कार्यक्रममा NRNA NCC USA का वर्तमान IT Coordinator रबीन्द्र उप्रेतीले नेपाली पाठशालाका प्राध्यापक अर्चना द्वालाई सो रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा प्राध्यापक अर्चना द्वा र नेपाली अमेरिकन मैत्री संघका अध्यक्ष आविष्कार भारतीले NRNA NCC USA का अध्यक्षः अर्जुन बनजाडे, कोषाध्यक्षः सरोज सिगदेल,आईटी कोअडिनेटरः रबीन्द्र उप्रेती र बिस्कन्सिन च्यापटर अध्यक्षः राज कुमार हमाल लगायत सम्पूर्ण कार्य समितीलाई ह्रदय देखी धन्यवाद दिए । सो सहयोगले अझ प्रभावकारी रुपमा नेपाली कक्षा संचालन गर्न हौसला प्रदान गरेको छ भन्ने जानकारी गराउनुका साथै अगामी दिनहरुमा यसरीनै ससाना राज्यहरुमा रहेका नेपाली पाठशालाहरुलाई नियमित रुपमा सहयोग गर्न हुन अनुरोध गरेका छन् ।

सहयोगी रकमको जानकारी पाठशालाका बालबालीकाहरु लाई अर्चना द्वा / धाख्वाले गराउनु भएको थियो । सोहि क्रममा वर्तमान IT Coordinator रबीन्द्र उप्रेतीले नेपाली पाठशाला हरु मार्फत NRNA ले दोस्रो पुस्ताको नेपाली हरुकोलागी प्रभावकारी रुपले काम गर्न र नेपाली भाषा, संस्कृति र साहित्य जगेर्ना गर्न सकिन्छ भन्ने जानकारी गराए । अगामी दिनहरुमा यसको निरन्तरताको लागी सधै आफुले सक्दो प्रयास गर्ने जानकारी गराए ।

कार्यक्रममा एनआरएनए अमेरिकाको दोश्रोपुस्तामाझ नेपालीपन चिनाउन विभिन्न राज्यमा भएका राम्रा कामलाई सहयोग गर्ने यो एक्यवद्धतालाई सबै दर्शकदिर्घाले तालीको गडगडाहटले स्वागत गरेका थिए ।

प्रतिक्रिया