भर्जिनियामा रुग्णवाहिनी वाहन( एम्बुलेन्स )चोरेको आरोपमा एक व्यक्ति पक्राउ

इनेप्लिज २०८० फागुन १३ गते १२:५९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको रुग्णवाहिनी वाहन( एम्बुलेन्स )चोरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

उक्त व्यक्तिलाई त्यस्तै अर्को गाडी पनि चोरी गर्दा दुर्घटनामा परे पछि उनलाई अस्पताल लगिएको तर फेयरफ्याक्स काउन्टी प्रहरी विभागले गत शुक्रबार पक्राउ गरेको छ।

प्रहरी अधिकारीहरूले भर्जिनिया मनाससका ३२ बर्षिय रिकी लोवलाई पक्राउ गरेका छन् । उनले भर्जिनियाबाट गाडी एनाडेल शहरमा लागे र छोडेर भागेका थिए । उनलाई मानासस शहर कै एक अतिथीगृह (होटल)नजिकै भेटिएको थियो र हिरासतमा लिइएको थियो।

साथै उनले प्रणय दिवस (भ्यालेन्टाइन डे)मा प्रिन्स विलियम काउन्टीबाट चोरी गरेको टोयोटा कोरोला नामक गाडी दुर्घटना हुँदा घाइते भएपछि लोवेलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया