रुसले एभिडिभ्कामा “करिब २००” युक्रेनी सेनालाई कब्जा गरेको दाबी

इनेप्लिज २०८० फागुन १२ गते १३:१५ मा प्रकाशित
This image has an empty alt attribute; its file name is sergei-shoigu.jpg

रुसी सेनाले एभिडिभ्कामा “करिब २००” युक्रेनी सेनालाई कब्जा गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत रुसी सेनाले एभिडिभ्काका लागि लडाइँको क्रममा “करीव २००” युक्रेनी सेनालाई कब्जा गरेको दाबी गरेको छ।

हामीले त्यहाँ बिजयी हासिल गरे पछि झन्डै २०० युद्ध कैदीहरूलाई बाहिर निकालिसकेका छौं । हामी आगामी दिनहरूमा लगभग १०० जना लाई बाहिर निकाल्ने योजना बनाइरहेका छौं,सेनापतिले बताए ।

रुसी रक्षामन्त्री सर्गेई शोइगुले गत शनिबार विशेष कारवाही क्षेत्र अनतर्गत सैनिक समूहको भ्रमण गरेका थिए। युक्रेनी सशस्त्र बल (एएफयू) बाट कब्जा गरिएका सेनाहरूलाई मानवीय व्यवहारमा जोड दिएका थिए ।

रुसी सशस्त्र बलका सर्वोच्च सेनापतिले उनीहरुलाई मानवीय व्यवहार गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया