मौलापुर मधानी महोत्सवमा गोविन्दासहित दर्जनौँ कलाकार आउँदै रौतहट

इनेप्लिज २०८० फागुन १२ गते १:५१ मा प्रकाशित

रौतहट

भगवान शिवसित सम्बन्धित लोपोन्मुख मौलिक लोक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको प्रवर्धनमा रौतहटको मौलापुर नगरपालिका जुटेको छ । शिवपार्वतीको विवाहको मौलिक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञलाई मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि विश्वव्यापी पहिचान दिन खोजेको छ । यसै क्रममा फागुन २५ गते महाशिवरात्रीका दिन हिन्दी चलचित्रका चर्चित कलाकार गोविन्दासहित दुई दर्जनभन्दा बढी कलाकार मौलापुर आउन लागेका छन् ।

मौलापुर नगरपालिकाले शुक्रबार वडा नम्बर ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिर परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख रिनाकुमारी साहले मधानी महोत्सवबारे जानकारी गराएकी छन् । २०७६ सालको महाशिवरात्रीको दिन पहिलो मधानी महायज्ञको आयोजना गरी सुरुआत गरिएको महोत्सवको पाँचौं संस्करण फागुन २५ गते हुने भएको हो ।

मधानी महोत्सवले मौलिक संस्कृतिको संवर्धन हुने, पर्यटकीय विकास हुने तथा व्यापार प्रवर्धन हुने विश्वास रहेको नगर प्रमुख साहको भनाइ छ । फागुन २२ देखि २६ सम्म चल्ने महोत्सवमा करिब १० लाख दर्शक आउने नगर उपप्रमुख नागेन्द्र nयादवको दाबी रहेको छ ।

स्थानीय सांस्कृतिक नाच, मधानी यज्ञमा शिवको जन्ती, भारतबाट बोलाइएको शिवलीला प्रदर्शन जस्ता कार्यव्रmमहरुका साथै मधानी सांस्कृतिक महोत्सवको आयोजना गरिएको र सांस्कृतिक महोत्सवमा बलिउड कलाकार गोविन्दा अहुजा, निलम गिरी, विनय विहारीका साथै नेपाली कलाकार पल साह, दिनेश डिसी, कमल राई, प्रेम परियार, रचना सिवाकोटी, अर्जुन विसी, प्रीति आर्या, विजय यादव निर्बीज, रविराज साह, सदाम हुसेन, दिेपश शर्मा, आश्विनी शाही, डा. आभास लाभ, प्रदीप पाठक, निर्देशक नन्दु श्रीवास्तव, रोशनी राज, कनक सिंह, रेविका अधिकारी, दिपलाल यादव, नवीन सिंह, राजु राग्नी, शीशाखा तिमल्सिना, चन्दन पटेल, कपिल भाई र रेबिका नेपाली लगायतका कलाकारहरुको प्रस्तुति निश्चित भइसकेको तथा अन्य कलाकारहरुसित पनि सम्पर्क गर्ने काम भइरहेको नगर प्रमुख साहको भनाइ छ ।

मौलापुर ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित मधानी महोत्सवको सुरुआत गरिएको स्मरण गर्दै नगर प्रमुख साहले आज पनि आफ्नो संकल्पप्रति प्रतिबद्ध रहेको बताएकी
छन् ।

उपप्रमुख नागेन्द्र यादवले मौलापुर नगरपालिकाले मधानी महोत्सवलाई पनि नगरको विकासको एउटा अंगको रुपमा स्वीकार गरिएको बताउँदै स्थानीय रुपमा व्यापार प्रवर्धन पनि हुने तथा विगतमा पनि भएको दृष्टान्त रहेको बताएका छन् । कप्तीमा दश करोडको व्यापार मधानी महोत्सवमा हुने पूर्वानुमान गरिएको नगर प्रवक्ता चन्देश्वर बैठाको दाबी छ ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गत असार १० गते भएको नगर सभाले मधानी महोत्सवको लागि ६० लाख रुपैया विनियोजन गरिसकेको जानकारी गराउँदै प्राचीन मन्दिर, प्राचीन महायज्ञ र प्राचीन खेलको लागि यस वर्षको महोत्सव प्रसिद्ध हुने बताएका छन् । अधिकृत साहले प्रसिद्ध भारतीय कुस्तीबाज स्वर्णपदक विजेता बबिता फोगाट फागुन २६ को मुख्य
आकर्षण रहेको जानकारी गराएका छन् । मौलापुर मधानी महोत्सव कुस्तीको कारणले पनि चर्चामा रहेको बताएका छन् ।

वि.स. २०६५ मा जमिन खन्ने क्रममा मौलापुर ५ पतौरामा भेटिएको संरचनाको देश विदेशका पुरातत्वविदबाट पुरातात्विक अध्ययन भएको छ । स्थानीय सरकार गठन भएपछि मौलापुर नगरपालिकाले पुरातात्विक महादेव स्थानको प्रवद्र्धन गर्दै
आएको छ ।

पुरातात्विक महादेव मन्दिर परिसरमा विवाह मण्डप, फराकिलो स्थान, पुरातात्विक संग्रहालय तथा भव्य मन्दिरको निर्माण नगरपालिकाको अग्रसरता भइसकेको छ । मन्दिर परिसरभन्दा करिब एक मिटर उत्तरमा भेटिएको नयाँ पुरातात्विक अवशेषको
पनि नगरपालिकाको अग्रसरमा उत्खनन गर्ने काम भइरहेको छ ।

गत वर्ष महाशिवरात्रीको दिन मधानी महोत्सवमा आएकी भारतको बिहार सरकारका सेवानिवृत्त पुरातत्वविद डा. विद्या चौधरीले पुरातात्विक महादेव परिसरका इँटा र संरचना गुप्तकालको भएको बताएकी थिइन् ।

प्रतिक्रिया