नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको चिशंखुगढीका भुवन श्रेष्ठ र धादिङका

बेद प्रसाद घिमिरे २०८० फागुन १० गते ११:३७ मा प्रकाशित

पहलमान मगरलाई बचाउन सरकारको ध्यानाकर्षण गराएका छन्

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको चिशंखुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान मगरलाई बचाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खतिवडाले नवलपरासी घर भई यूएईमा बस्दै आएका बाबुराम आलेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएपछि जेल परेको र ५० लाख ब्लडमनी नतिरे यसै महिना मृत्युदण्ड हुने फैसला भएको बताए । उनीहरूलाई घर फर्काउन पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

“ओखलढुंगा चिशंखुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङका पहलमान मगर पाँच वर्षदेखि यूएईको दुबईस्थित जेलमा हुनुहुन्छ । नवलपरासीका बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएपछि उनीहरूलाई जेल हालिएको हो,” खतिवडाले भने, “उहाँहरूलाई ५० लाख ब्लडमनी नतिरे यसै महिना मृत्युदण्ड सजाय हुने भएको छ । उनीहरूको ब्लडमनी मिनाहा गर्ने र घर फर्काउन पहल सरकारले गरोस् ।” उनले हमासको अपहरणमा परेका विपीन जोसीको अवस्था सदनलाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गरे।

प्रतिक्रिया